ब्रम्हर्षी समाजको नयाँ कार्यसमिति सर्वसम्मत, अध्यक्षमा ठाकुर चयन
नयाँ कार्यसमिति चयनसँगै ब्रम्हर्षी समाजको नयाँ भवनको समेत उद्घाटन गरिएको छ । भवन उद्घाटन तथा नयाँ कार्यसमिति घोषणा कार्यक्रममा प्रमुख अतिथिसहित विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

२०८३ साउन ३१ आइतबार, बिहान ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ब्रम्हर्षी समाजको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । समाजको अध्यक्षमा दीपेन्द्र कुमार ठाकुर चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गोविन्द राय चन्दन र शत्रुध्न ठाकुर, महासचिवमा रवीन्द्र कुमार चौधरी, कोषाध्यक्षमा परमानन्द शर्मा तथा सचिवमा दीपक मिश्र चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा विभा पाण्डेय, सरिता शर्मा, अमर कुमार पाण्डेय, नवीन पाण्डेय, रुपेश ठाकुर, अनिल पाण्डेय, जय नन्दन पाण्डेय र सुमन ठाकुर रहेका छन् ।
नयाँ कार्यसमिति चयनसँगै ब्रम्हर्षी समाजको नयाँ भवनको समेत उद्घाटन गरिएको छ । भवन उद्घाटन तथा नयाँ कार्यसमिति घोषणा कार्यक्रममा प्रमुख अतिथिसहित विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल, पूर्वमन्त्री राम सरोज यादव, जीवनाथ चौधरीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले समाजको संस्थागत विकाससँगै सामाजिक एकता, सहकार्य र समुदायको हितका लागि नयाँ कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।
नवनिर्वाचित कार्यसमितिले ब्रम्हर्षी समाजलाई थप व्यवस्थित र सशक्त बनाउँदै सामाजिक तथा सामुदायिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…