वीरगँजमा भारतको ८०औँ स्वतन्त्रता दिवस भव्य रुपमा मनाईयो, मिनाले फहराइन तिरँगा

२०८३ श्रावण ३० शनिबार
रति ८:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, वीरगंज । भारतको ८०औँ स्वतन्त्रता दिवस वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले विभिन्न कार्यक्रम आयोजना गरी उत्साह र देशभक्तिपूर्ण भावनाका साथ मनाएको छ ।

समारोहमा भारतीय समुदायका सदस्य, भारतका मित्र तथा वीरगंज क्षेत्रका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको सुरुवात ‘वन्दे मातरम्’को प्रस्तुतिबाट भएको थियो । त्यसपछि वीरगंजस्थित भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले राष्ट्रिय झण्डा फहराउनुभएको थियो । झण्डोत्तोलनपछि सहभागीहरूले सामूहिक रूपमा राष्ट्रिय गान गाएका थिए ।

सो अवसरमा महावाणिज्यदूत मीनाले भारतका राष्ट्रपतिको स्वतन्त्रता दिवससम्बन्धी सम्बोधन उपस्थित समुदायसमक्ष वाचन गर्नुभएको थियो ।

समारोहमा वीरगंजका विभिन्न विद्यालयका विद्यार्थी तथा विशेष क्षमता भएका बालबालिकाले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रम प्रमुख आकर्षण बनेको थियो । विद्यार्थीहरूले देशभक्तिपूर्ण गीत, नृत्य तथा नाटक प्रस्तुत गर्दै भारतको सांस्कृतिक विविधता, राष्ट्रिय एकता र देशप्रेम झल्काएका थिए । उनीहरूको प्रस्तुतिलाई उपस्थित दर्शकले उत्साहपूर्वक प्रशंसा गरेका थिए ।

कार्यक्रममा पर्सा र बाराका वरिष्ठ प्रशासनिक तथा प्रहरी अधिकारीहरूका साथै वीरगंज उद्योग वाणिज्य संघ, NIFA, NYEF, NiCCI पतञ्जलीलगायत विभिन्न संघसंस्था तथा क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

उपस्थित प्रतिनिधिहरूको सहभागिताले नेपाल र भारतबीचको जनस्तरको सम्बन्ध तथा आपसी सहकार्यलाई थप उजागर गरेको महावाणिज्य दूतावासले जनाएको छ ।

समारोहमा महावाणिज्यदूत मीनाले उत्कृष्ट सांस्कृतिक प्रस्तुति दिने विद्यार्थी तथा विशेष क्षमता भएका बालबालिकालाई प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

यसैगरी, भारत सरकारको विदेश मन्त्रालयद्वारा आयोजित ‘भारत को जानिए’ प्रश्नोत्तरीका विजेतालाई पुरस्कार तथा विभिन्न विद्यालयसँगको सहकार्यमा महावाणिज्य दूतावासले आयोजना गरेको चित्रकला प्रतियोगिताका विजेतालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

महावाणिज्य दूतावासले स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रमले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्‍याएको जनाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार 

  • २०८३ श्रावण ३० शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ

पूरा पढ्नुहोस्

Bureau Menus