न्यूज ब्यूरो, जनकपुरधाम । मैथिली तथा नेपाली भाषा–साहित्यका मूर्धन्य स्रष्टा, वरिष्ठ साहित्यकार एवं प्राध्यापक डा। राजेन्द्रप्रसाद विमलको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गहिरो दुःख व्यक्त गरेको छ ।
एमाले केन्द्रीय कार्यालयले बुधबार जारी गरेको शोक वक्तव्यमा डा. विमलको निधनले नेपाली तथा मैथिली भाषा–साहित्यको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।
जनकपुरको देवीचोकमा जन्मिएका डा. विमलले बाल्यकालदेखि नै साहित्यप्रति रुचि र समर्पण देखाउँदै नेपाली तथा मैथिली भाषा–साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याएको एमालेले जनाएको छ ।
एमालेका अनुसार डा. विमलले नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा दुई दर्जनभन्दा बढी शोधपरक तथा समालोचनात्मक कृति प्रकाशित गरेका थिए । उनका मैथिली तथा नेपाली भाषामा प्रकाशित विभिन्न कृतिहरू प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मका पाठ्यक्रममा समेत समावेश छन् ।
साहित्यसँगै पत्रकारिता तथा प्राज्ञिक क्षेत्रमा समेत सक्रिय रहेका विमल त्रिभुवन विश्वविद्यालय कीर्तिपुर केन्द्रीय क्याम्पसबाट प्रकाशित बुलेटिनका संस्थापक सम्पादक तथा नेपाल उद्योग वाणिज्य महासंघको बुलेटिनका सम्पादकसमेत रहेका थिए । त्रिभुवन विश्वविद्यालयमा उपाध्यक्षका रूपमा सेवा प्रवेश गरी प्राध्यापन क्षेत्रमा सक्रिय उनले नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा साहित्यिक तथा प्राज्ञिक योगदान पुर्याएका थिए ।
डा। विमलले जगदम्बाश्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, बगर फाउन्डेसन गोपालप्रसाद रिमाल सम्मान, वैद्यनाथ सिंह यादव मैथिली पुरस्कार, संस्कृति र दर्शन प्रज्ञा पुरस्कार, मौनाली कथा पुरस्कार, कलाश्री पुरस्कार तथा विद्यापति पुरस्कारलगायत दर्जनौँ सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी संवेदनामा नेपालको साहित्य, भाषा र संस्कृतिको क्षेत्रमा डा. विमलले पुर्याएको योगदानको उच्च सम्मान गरिएको छ । संवेदनामा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सुपुत्र डा. आभास लाभ, श्री विभाष लाभलगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।
विहिबार जिल्ला कार्य समिति धनुषाका अध्यक्ष, सचिव दिपनारायण ठाकुर, शम्भु साह लगायतका नेताहरुले विमलको घरमा पुगेर शोक व्यक्त गरेका हुन् ।
एमालेले डा. विमलको निधनले नेपाली तथा मैथिली साहित्यमा सिर्जना, अनुसन्धान र प्राज्ञिक क्षेत्रमा ठूलो रिक्तता सिर्जना गरेको जनाएको छ ।
तीजको रौनकसँगै जनकपुरकी पूजा ठाकुरको ‘तीजैमा छमछम’ रिलिज, लोभलाग्दो दृश्याँकन
- २०८३ श्रावण २९ शुक्रबार
जनकपुरधाम । नेपाली महिलाको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ । जनकपुरकी चर्चित कलाकार पूजा ठाकुर मुख्य अभिनयमा देखिएकी हुन् । देशी फिल्म्सको
पूरा पढ्नुहोस्



