गर्मीको कारण धनुषाको गणेशमानचारनाथ नगरपालिकाको स्कूलहरु आजदेखि मर्निँग क्लास सुरु
न्यूज ब्यूरो, जनकपुरधाम । तराईमा गर्मी अधिक बढेको भन्दै धनुषाको विभिन्न पालिकाहरुले विदा दिएको छ । जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका र कमला नगरपालिकाले ४ दिनसम्म सार्वजनिक विदा दिएको छ । यस्तै, धनुषाको गणेशमान चारनाथ नगरपालिकाले विदाको साटो मर्निँग क्लास (बिहानको कक्षा) सँचालन गर्न निर्देशन

२०८३ साउन २८ बिहीबार, बिहान ८:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराईमा गर्मी अधिक बढेको भन्दै धनुषाको विभिन्न पालिकाहरुले विदा दिएको छ । जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका र कमला नगरपालिकाले ४ दिनसम्म सार्वजनिक विदा दिएको छ ।
यस्तै, धनुषाको गणेशमान चारनाथ नगरपालिकाले विदाको साटो मर्निँग क्लास (बिहानको कक्षा) सँचालन गर्न निर्देशन दिएको हो । आज विहिबारदेखि नै लागू हुने गरी नगरपालिकाले मर्निँग क्लास सँचालन गर्न निर्देशन दिएको हो ।
नगरपालिकाकाका कार्यालय प्रमुख टेकराज भट्टराईले एक सूचना जारी गर्दै अधिक गर्मी बढेको कारण बिहानको कक्षा सँचालन गर्न भनिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…