फेसबुकमा आपत्तिजनक शब्द प्रयोग गरेको आरोपमा रास्वपा (घण्टी) का नेता यादव पक्राउ

२०८३ श्रावण २७ बुधबार
बेलुकी ५:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्युरो,  रौतहट । सामाजिक सञ्जालमार्फत अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरी गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का स्थानीय नेता रविन्द्र यादव पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटले यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

स्थानीय सागर यादवलाई लक्षित गरी सामाजिक सञ्जालमा आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको पुष्टि गरे ।

प्रहरीका अनुसार यादवमाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको न्यूरो हस्पिटलमा कर्मचारी सम्मान कार्यक्रम सुरु, भदौ महिनाका लागि अर्चना गुप्ता पुरस्कृत

  • २०८३ श्रावण २७ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको जनकपुर न्यूरो हस्पिटलले कर्मचारी सम्मान कार्यक्रम लागू गरेको छ ।  न्यूरो हस्पिटलमा कार्यरत कर्मचारीहरुलाई प्रत्येक महिना एक कर्मचारीलाई उत्कृष्ट घोषणा गरी सम्मानसहित पुरस्कृत गर्ने योजना

पूरा पढ्नुहोस्

Bureau Menus