आज जनकपुरधाम उपमहानगरअन्तर्गतका सबै सरकारी कार्यालय विदा, सबै सरकारी सेवा बन्द
नगर कार्यपालिकाको कार्यालयको निर्णयअनुसार सोमबार जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय तथा मातहतका सबै वडा कार्यालयका सेवा बन्द रहनेछन् । स्वास्थ्य, दमकल, सरसफाइलगायत अत्यावश्यक सेवा भने नियमित सञ्चालन हुने उपमहानगरपालिकाले स्पष्ट पारेको छ ।

२०८३ साउन २५ सोमबार, बिहान ९:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो,जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–६ का वडा अध्यक्ष दिनेश प्रसाद साहको निधनमा शोक व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिकाले सोमबार एक दिनका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सरकारी सेवा बन्द गर्ने भएको छ ।
उपमहानगरपालिकाले सोमबार जारी गरेको शोक सन्देशअनुसार वडा अध्यक्ष साहको बिहान ५ बजे असामयिक निधन भएको हो । उनको निधनप्रति दुःख व्यक्त गर्दै उपमहानगरपालिकाले सोमबार कार्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
नगर कार्यपालिकाको कार्यालयको निर्णयअनुसार सोमबार जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय तथा मातहतका सबै वडा कार्यालयका सेवा बन्द रहनेछन् । स्वास्थ्य, दमकल, सरसफाइलगायत अत्यावश्यक सेवा भने नियमित सञ्चालन हुने उपमहानगरपालिकाले स्पष्ट पारेको छ ।
उपमहानगरपालिकाले दिवंगत साहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…