धनुषा रघुनाथपुर हनुमान मन्दिरमा भएको हत्या काण्डमा दुई जना पक्राउ !
हिन्दु मुस्लिम विवाद र तनाव चलिरहँदा बखत भएको हत्याले माहौल तताएको थियो । धनुषा प्रहरीले तत्कालै स्थिति साम्य पार्न सफल भएको थियो । पक्राउ परेकाहरुको नाम भने खुलाउन नमिल्ने धनुषा प्रहरीले जनाएको छ । यसबारे अझै अनुसन्धान जारी रहेको छ ।

२०८३ साउन २४ आइतबार, बेलुकी ७:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरस्थित रहेको हनुमान मन्दिरमा पूजाआजा गर्दै आएका व्यक्तिको हत्या काण्डमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
गत साउन १५ गते बिहान रघुनाथपुरको हनुमान मन्दिरमा बस्दै आएका धनुषा हँसपुरका बन्ठु राउतलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । केही बेरमा आएको धनुषा प्रहरीको डग टोलीले सबैलाको बरकुरवातर्फ गएको थियो ।
सोही आधारमा धनुषा प्रहरीले हत्या भएको सोही दिन एक जनालाई पक्राउ गरेको थियो । एक जनालाई बयानको आधारमा पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
हिन्दु मुस्लिम विवाद र तनाव चलिरहँदा बखत भएको हत्याले माहौल तताएको थियो । धनुषा प्रहरीले तत्कालै स्थिति साम्य पार्न सफल भएको थियो ।
पक्राउ परेकाहरुको नाम भने खुलाउन नमिल्ने धनुषा प्रहरीले जनाएको छ । यसबारे अझै अनुसन्धान जारी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…