न्यूज ब्युरो, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० नेतृत्वको सरकार शासकीय अराजकतामा फसेको आरोप लगाएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले सरकार पूर्ण रूपमा बरालिएको दाबी गर्दै त्यसलाई सही बाटोमा ल्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षीका रूपमा कांग्रेसको रहेको बताए ।
प्रधानमन्त्री बालेनले केही समयअघि आफूले चलाएको ‘गाडीमा ब्रेक नभएको’ अभिव्यक्तिप्रति लक्षित गर्दै थापाले सरकारलाई संविधान र विधिको सीमाभित्र रहेर अघि बढ्न चेतावनी दिए ।
‘प्रधानमन्त्रीले मेरो गाडीमा ब्रेक छैन भन्नुभयो । स्पीडमा हिँड्ने उहाँको छनोटमा हाम्रो केही भन्नु छैन । स्पीड बढाउन सक्नुहुन्छ, ब्रेक नलगाउन सक्नुहुन्छ, तर संविधान र विधिको लेन मिच्न दिँदैनौँ,’ थापाले भने ।
सरकार बरालिएको भन्दै त्यसलाई ठीक ठाउँमा ल्याउने काम कांग्रेसले गर्ने उनले बताए ।
थापाले आम नागरिकसँगको संवादका आधारमा अहिले समाजमा तीन प्रकारको मनोविज्ञान देखिएको पनि बताए । उनका अनुसार केही नागरिकमा अनिश्चितता, केहीमा निराशा र केहीमा तीव्र आक्रोश देखिएको छ ।
‘केही नागरिकमा अनिश्चितता छ । केही नागरिकसँग कुरा गर्दा हिजो पनि राम्रो भएन, आज पनि भएको छैन र भोलि पनि हुँदैन भन्दै हतास भएको पाउँछु । अनि केही नागरिकमा तीव्र आक्रोश छ,’ उनले भने ।
नागरिकमा बढेको यही आक्रोश र छटपटीका कारण प्रधानमन्त्री बालेनले दुई दिनअघि ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भन्दै मध्यरातमा सामाजिक सञ्जालमा स्टाटस लेख्नुपरेको र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शनिबार ‘जहाज हल्लिँदैमा नआत्तिन’ भन्दै स्पष्टीकरण दिनुपरेको थापाको विश्लेषण थियो ।
तर, नागरिकमा देखिएको आक्रोशबाट प्रतिपक्षी कांग्रेस खुसी हुन नहुने भन्दै थापाले यसप्रति थप गम्भीर र चिन्तित बन्नुपर्ने बताए ।
उनले विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत नागरिकमा बढिरहेको असन्तोषबारे संसद् तथा पार्टी बैठकमार्फत सचेत गराएको स्मरण गरे ।
त्यतिबेला आफूहरूले जनताको असन्तोषबारे सचेत गराउँदा ‘हामी जितेर आएका हौँ’ भन्ने जवाफ पाएको थापाले बताए ।
जनताको असन्तोष र आन्दोलन एकाएक उत्पन्न नहुने भन्दै उनले नागरिकको आक्रोश अन्ततः निर्वाचनमार्फत व्यक्त हुने बताए ।
संसद् र राजनीतिमा प्रतिपक्षको भूमिकालाई बेवास्ता गर्दै सरकार निरंकुश वा लोकलुभावन बन्न खोजे नागरिकस्तरबाटै ठूलो प्रतिरोध हुनसक्ने थापाले चेतावनी दिए ।
प्रतिनिधिसभा निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा कांग्रेस जिम्मेवार ढङ्गले अघि बढिरहेको दाबी गर्दै उनले सरकारका गलत कदमलाई नियन्त्रणमा ल्याउने र सही बाटोमा हिँडाउने काममा कांग्रेस दृढ रहने बताए ।
मधेश सरकारमा संरचना काटछाँटः १२ मन्त्रालयबाट ९ मा झार्ने तयारी, दरबन्दीमा व्यापक कटौती
- २०८३ श्रावण २४ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउन मन्त्रालयदेखि मातहतका सरकारी निकायसम्मको संरचना पुनर्संरचना गर्ने तयारी तीव्र बनाएको छ । सरकारले मन्त्रालयको संख्या घटाउने, दरबन्दी कटौती गर्ने तथा
पूरा पढ्नुहोस्

.jpeg)

