न्यूज ब्यूरो सर्लाही। भारतको पञ्जाबबाट रोजगारी सकेर घर फर्किने क्रममा भएको अटो दुर्घटनामा सर्लाहीका एक नेपाली युवाको मृत्यु भएको छ भने अन्य यात्रुहरू घाइते भएका छन् ।
सर्लाहीको धनकौल गाउँपालिका–४ निवासी लगन राम भनिने ढुनमुन रामका ३२ वर्षीय छोरा अजय रामको भारतको बिहार राज्यस्थित ढाका क्षेत्रमा शनिबार बिहान करिब ५ बजे भएको अटो दुर्घटनामा मृत्यु भएको हो ।
प्राप्त जानकारीअनुसार पञ्जाबबाट घर फर्किने क्रममा उनीहरू सवार अटो दुर्घटनामा परेको थियो । दुर्घटनामा अजय रामको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा उमेश राम, नर्सिङ राम, प्रमोद राम, चुनचुन राम, दिलीप राम र नवीन माझीलगायत घाइते भएका छन् । घाइतेहरूको भारतस्थित सरकारी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
मृतक अजय रामको शव पोस्टमार्टमका लागि सरकारी अस्पताल ढाका लगिएको छ । शव पोस्टमार्टमपछि नेपाल ल्याउने प्रक्रिया अघि बढाइने जनाइएको छ ।
घटनाबारे नेपाली कांग्रेसका नेता तथा समाजसेवी दिपेश राय यादवले जानकारी दिँदै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घटनाको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
यादवले घाइतेहरूको उपचारका लागि आवश्यक सहयोग उपलब्ध गराउन तथा मृतकको शव नेपाल ल्याउने प्रक्रियालाई सहज बनाउन नेपाल सरकार र सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन् ।
भारतमा रोजगारीका लागि गएका नेपालीहरू घर फर्किने क्रममा भएको दुर्घटनामा धनकौल–४ का अजय रामको मृत्यु भएपछि गाउँमा शोकको वातावरण सिर्जना भएको छ । स्थानीयवासीले मृतक परिवारलाई तत्काल राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको उपचारमा आवश्यक सहयोग गर्न सरकारसँग माग गरेका छन् ।
'पाइला पाइलामा मान्छेको, आ-आफ्नै स्वार्थ हुन्छ'
- २०८३ श्रावण २३ शनिबार
जिन्दगीको गोरेटोमा एकलै हिड्न सिक्नु । बुझी आफ्नो महत्व,सस्तोमा कहिल्यै न बिक्नु धैर्यता र साहसले, प्रतिस्पर्धा मा टिक्नु। ज्ञान दिने गुरुहरुको, गुण कहिल्यै न बिर्सिनु। जिन्दगी को गोरेटोमा एक्लै हिड्न सिक्नु । पाइला पाइलामा मन्छेको,
पूरा पढ्नुहोस्

