धनुषामा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाउने !

२०८३ श्रावण १६ शनिबार
बिहान ११:०५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा जारी कर्फ्यू आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार बिहान १० बजेदेखि कर्फ्यू हटाउँदै सोही क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार कर्फ्यू हटाइएको जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले यसअघि बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरेको थियो ।

जारी सूचनाअनुसार कर्फ्यू हटेसँगै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा लागू क्षेत्रमा एकै स्थानमा पाँचजनाभन्दा बढी मानिस जम्मा हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ ।

प्रशासनले निषेधाज्ञा उल्लंघन गर्ने जोकोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

निषेधाज्ञा लागू हुने क्षेत्र

उत्तर — लक्ष्मीनिया हाटबजार चोक (लक्ष्मीनिया गाउँपालिका–७) हुँदै पश्चिम सिनुरजोडा चोकसम्म, पूर्वमा लक्ष्मीपुर बगेवासम्म ।

पूर्व — बेलौनी रोड, एम.क्यू. स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प, हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म ।

दक्षिण — नगराइन नगरपालिकादेखि नगराइन चोकसम्म ।

पश्चिम — सिनुरजोडा–सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुर–दुधमती पुल, बेला हुँदै कादरी मस्जिदसम्म ।

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार जिल्लामा शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न निषेधाज्ञा जारी गरिएको हो । कार्यालयको आधिकारिक विवरणमा प्रेमप्रसाद लुइँटेल प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहेको उल्लेख छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अमेरिकी साँसद नैन्सी मेसको 'मुस्लिम' सम्बन्धी एक पोष्टले तरँग, मुस्लिमबारे यस्तो लेखिन

  • २०८३ श्रावण १६ शनिबार

न्यूज ब्युरो, वासिङ्टन । अमेरिकी प्रतिनिधि सभाकी रिपब्लिकन सांसद न्यान्सी मेसले सामाजिक सञ्जालमा गरेको भनिएको एउटा पोस्टलाई लिएर अन्तर्राष्ट्रिय स्तरमै तीव्र विवाद सुरु भएको छ । उक्त पोस्टमा लेखिएको भनिएको

पूरा पढ्नुहोस्

Bureau Menus