आफ्नै हजुरआमा (दादी) को हत्या गरेको आरोपमा १८ बर्षिय नाती (पोता) पक्राउ
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट साहिलले नै हजुरआमाको हत्या गरेको देखिएको छ । यद्यपि हत्या गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । पक्राउ परेका साहिलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाको कारण तथा हत्यामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

२०८३ साउन १६ शनिबार, बिहान ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको कटहरिया नगरपालिका–३ बडेर्बामा आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा १८ वर्षीय नाति पक्राउ परेका छन् ।
प्रहरीले ७५ वर्षीया तेतरी खातुनको हत्या गरेको आरोपमा उनका नाति साहिल शेखलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा साहिल घटनामा संलग्न रहेको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
खातुनको शव साउन १४ गते उनका माइला छोरा शेख निमुदिनको घरभित्र खाटमा फेला परेको थियो । घरभित्रै वृद्धाको शव भेटिएपछि घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट साहिलले नै हजुरआमाको हत्या गरेको देखिएको छ । यद्यपि हत्या गर्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
पक्राउ परेका साहिलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाको कारण तथा हत्यामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…