सिरहाः मृतक गणेश यादवका परिवार र गृहमन्त्रीबीच ७ बुँदे सहमति

२०८३ श्रावण १६ शनिबार
बिहान ०७:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजारमा विहिबार गोली लागेर ढलेका सिरहा तुलसीपुरका मृतक गणेश यादव र गृहमन्त्री सुदन गुरुँगबीच ७ बुँदे सहमति भएको छ । 

यसअघि आफूलाई पैसा होईन, न्याय चाहियो भनी अडान लिँदै आएका मृतक गणेशका बुवा रामवृक्ष यादव र गृहमन्त्री गुरुँगबीच १० लाख रुपैयाँ उपलब्ध गराउनेमा सहमति भएको हो । 

आज बिहान करिब ३ः०० बजेको समयमा दुवै पक्षबीच भएको ७ बुँदे सहमति सुनसरीमा मृतक मेहता परिवारसँग भएको सहमति जस्तै रहेको छ । जसमा मृतकलाई शहिद घोषणा गर्ने, मृतक परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने, घटनाको निष्पक्ष छानबिन गर्ने तथा दोषी उपर आवश्यक कारवाही गर्ने, मृतकका परिवारमध्ये एक जनालाई रोजगारी उपलब्ध गराउने, घटनाको छानबिन समिति बनाउने, गाउँपालिका क्षेत्रमा स्मृति पार्क बनाउने तथा मृतकका भाई बहिनीलाई निःशुल्क शिक्षासहित बुवाआमालाई अस्पतालमा निःशुल्क उपचारको व्यवस्थामा सहमति भएको हो । 

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

आज जनकपुरधाम उपमहानगरअन्तर्गतका सबै सरकारी कार्यालय विदा, सबै सरकारी सेवा बन्द

  • २०८३ श्रावण १६ शनिबार

न्यूज ब्यूरो,जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–६ का वडा अध्यक्ष दिनेश प्रसाद साहको निधनमा शोक व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिकाले सोमबार एक दिनका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सरकारी सेवा बन्द गर्ने भएको छ । उपमहानगरपालिकाले

पूरा पढ्नुहोस्

Bureau Menus