यहाँका सिडिओ र प्रहरीलाई कारवाही हुन्छ, ढुक्क हुनुसः साँसद यादव
नारायणी सेनाका अध्यक्षलाई पक्राउ गरेपछि सयौँको सँख्यामा आएका समर्थक युवाहरुले तनाव बनाएपछि रिहा गरिएको थियो । सोही क्रममा मृतकको घरमा पुगेका साँसद पुरुषोत्तम यादवले घटनाको अनुसन्धान भईरहेको र छानबिन प्रक्रियाबाट सिडिओलाई कारवाही गर्ने प्रतिवद्धता जाहेर गरे ।

२०८३ साउन १५ शुक्रबार, राति ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाका रास्वपा साँसद पुरुषोत्तम यादवले गणेश यादव मृत्यू प्रकरणमा सिडिओ र प्रहरीलाई कारवाही हुने वाचा गरेका छन् ।
विहिबार सिरहाको गोलबजारमा गोली लागेर मृत्यू भएका सिरहा औरही गाउँपालिका तुलसीपुर गणेश यादवको घरमा सिडिओ सुरेन्द्र पौडेल पुगेपछि केहीबेर तनाव उत्पन्न भएको थियो । सिडिओ पौडेल पुगेपछि नारायणी सेनाका अध्यक्ष बाबा रामचन्द्र यादवालाई पक्राउ गर्न लगाएपछि अवस्था केहीबेर तनावग्रस्त बनेको थियो ।
नारायणी सेनाका अध्यक्षलाई पक्राउ गरेपछि सयौँको सँख्यामा आएका समर्थक युवाहरुले तनाव बनाएपछि रिहा गरिएको थियो । सोही क्रममा मृतकको घरमा पुगेका साँसद पुरुषोत्तम यादवले घटनाको अनुसन्धान भईरहेको र छानबिन प्रक्रियाबाट सिडिओलाई कारवाही गर्ने प्रतिवद्धता जाहेर गरे ।
मृतकको घरमा गृहमन्त्री सुदन गुरुँग आउने भएपछि युवाहरु आक्रोसित भएका थिए । उनीहरुले गोली लागेर मरेपछि अब के गर्न आउने ? भनेर प्रश्न गर्दै अवरोध गरिरहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…