सबिन यादव, सिरहा । सिरहाको औरही गाउँपालिका–२, तुलसीपुर (मोतिपुर) निवासी ४१ वर्षीय राम बृक्ष यादवको परिवार अहिले गहिरो शोकमा डुबेको छ। अर्काको ट्र्याक्टर चलाएर परिवारको गुजारा गर्दै आएका उनी विगत ८ वर्षदेखि चालकको रूपमा काम गर्दै आएका छन्। यसअघि इँटा भट्टामा पनि काम गरेका उनी रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए। त्यहाँ प्लास्टिक फ्याक्ट्रीमा काम गर्ने क्रममा स्वास्थ्यमा समस्या आएपछि नेपाल फर्किएका थिए।
कडा मेहनत गरेर आफ्ना तीन सन्तानको भविष्य उज्ज्वल बनाउने उनको सपना थियो। उनका दुई छोरा र एक छोरी छन्। कान्छी छोरी मनिषा कुमारी यादव कक्षा ४ मा अध्ययनरत छिन्।
उनका जेठा छोरा कमलेश यादव (अन्दाजी १८ वर्ष) कबलासी विद्यालयबाट एसईई उत्तीर्ण गरी गोलबजारस्थित माउन्ट विद्यालयमा कक्षा १२ मा अध्ययन गर्दै आएका थिए। उनी आफ्ना भाइ गणेश यादव (अन्दाजी १५ वर्ष) सँग गोलबजारमा कोठा भाडामा लिएर बस्दै आएका थिए।
परिवारका अनुसार, आन्दोलन भएको दिन गणेश आन्दोलन हेर्न जाने बेला कमलेशले "नजाऊ" भनेर सम्झाएका थिए। तर गणेशले "म त साइडबाट मात्रै हेर्छु" भन्दै घरबाट निस्किएका थिए। त्यसपछि उनी आन्दोलनका क्रममा घाइते भए र उपचारका क्रममा उनको मृत्यु भयो।
१५ वर्षीय गणेश यादव, औरही गाउँपालिका–२ निवासी, उपचारका क्रममा मृत्यु भएको हो। उनको असामयिक निधनले परिवारमात्र होइन, सिंगो गाउँ नै शोकमा डुबेको छ।
छोराको मृत्युले विक्षिप्त बनेका बुवा राम बृक्ष यादव सरकारसँग एउटै माग छ। "जसले मेरो छोराको ज्यान लियो, त्यसमाथि निष्पक्ष अनुसन्धान होस्। दोषीलाई कानुनअनुसार कडा कारबाही गरियोस्। मेरो निर्दोष छोराले न्याय पाओस्।"
आर्थिक अभावका बीच पसिना बगाएर सन्तानलाई पढाउने सपना देखेका एक बुवाको जीवन अहिले शोक र न्यायको प्रतीक्षामा सीमित भएको छ। यता गाउँमा गाउलेहरुले गृहमन्त्री आउने सूचना पाए देखि हामी बिरोध गर्छौ भन्दै बननिया चौकमा भेला भएका छन् ।
देशमै सबभन्दा बढी भ्रष्टाचारको उजुरी धनुषाको विदेह नगरपालिकाको, दोस्रोमा जनकपुरधाम
- २०८३ श्रावण १५ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश देशकै सब भन्दा बढि भ्रष्टाचारको उजुरी पर्ने प्रदेशमा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ । आयोगको कार्यालय बर्दिबासले आर्थिक बर्ष २०८२/०८३
पूरा पढ्नुहोस्


