
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
यस्तै, मुस्लिम आयोग खारेज गर्न, देशभरका मस्जिदबाट लाउडस्पिकर हटाउन, मस्जिद र मदरसाको आर्थिक स्रोत, फन्डिङ, आवतजावत गर्ने व्यक्तिहरू तथा सञ्चार अभिलेखको अनुसन्धान गर्न, मुस्लिम समुदायका तीन पुस्तादेखिका नागरिकताको छानबिन गर्नुपर्ने माग पनि संगठनले अघि सारेको छ ।

२०८३ साउन १३ बुधबार, दिउँसो ४:०१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दू सम्राट नेपालले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनालाई ‘हिन्दू नरसंहार’ को संज्ञा दिँदै केन्द्र सरकारसमक्ष १४ बुँदे मागपत्र सार्वजनिक गरेको छ ।
संगठनले घटनामा संलग्न दोषी, योजनाकार तथा सहयोगीमाथि अविलम्ब कडा कानुनी कारबाही गर्न, घटनाको उच्चस्तरीय छानबिन गरी गोली चलाउने, योजनाकार तथा पृष्ठभूमिमा रहेका व्यक्तिहरूलाई सार्वजनिक गर्न र मृतक तथा घाइतेका परिवारलाई उचित क्षतिपूर्ति तथा सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने माग गरेको छ ।
त्यसैगरी, घटनामा प्रशासनिक लापरवाही तथा सुरक्षा कमजोरी देखिएको भन्दै जिम्मेवार अधिकारीमाथि समेत कारबाही गर्नुपर्ने, हिन्दूहरूको पर्व तथा धार्मिक कार्यक्रममाथि हुने आक्रमण रोक्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनुपर्ने माग पनि गरिएको छ ।

मागपत्रमा सीमावर्ती क्षेत्रमा सुरक्षा कडा बनाउन, अवैध रूपमा नेपालमा रहेका रोहिङ्ग्या, बंगलादेशी तथा अन्य विदेशी घुसपैठियाको पहिचान गरी कानुनबमोजिम देश निकाला गर्नुपर्ने, देशभरका मस्जिद र मदरसाको उच्चस्तरीय छानबिन तथा निगरानी गर्नुपर्ने, विदेशी तथा स्वदेशी सञ्जालको अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने लगायतका विषय पनि उल्लेख छन् ।
यस्तै, मुस्लिम आयोग खारेज गर्न, देशभरका मस्जिदबाट लाउडस्पिकर हटाउन, मस्जिद र मदरसाको आर्थिक स्रोत, फन्डिङ, आवतजावत गर्ने व्यक्तिहरू तथा सञ्चार अभिलेखको अनुसन्धान गर्न, मुस्लिम समुदायका तीन पुस्तादेखिका नागरिकताको छानबिन गर्नुपर्ने माग पनि संगठनले अघि सारेको छ ।
साथै, राष्ट्रिय सुरक्षाको विषयलाई ध्यानमा राख्दै प्रधानमन्त्रीका सल्लाहकार तथा संविधान संशोधन संयोजक मो। आसिम शाहलाई पदबाट हटाउनुपर्ने माग पनि संगठनले गरेको छ ।
उक्त मागपत्र प्रधानमन्त्री, गृहमन्त्री, कोशी प्रदेशका मुख्यमन्त्री तथा गृहमन्त्री र देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई बोधार्थ पठाइएको जनाइएको छ ।
सरकार वा सम्बन्धित निकायले उक्त मागपत्रबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेका छैनन्।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
२०८३ कार्तिक २७ शुक्रबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफ्नो अडानले रोकिएको विषयमा स्पष्टता आउनेछ। नयाँ कामको जिम्मेवारी पाउँदा अनुभव बढ्नेछ। विद्यार्थीलाई मौखिक प्रस्तुतिमा राम्रो अवसर मिल्नेछ। घरमा सानो कुरालाई लिएर विवाद नगर्नुहोला। आजको शुभ रंग हल्का नीलो हो भने शुभ अंक ८ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…