सुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक
हरिनगर र देवानगञ्ज क्षेत्रमा पछिल्लो समय उत्पन्न भएको साम्प्रदायिक तनाव तथा सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रशासनको भनाइ छ । यसअघि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा धार्मिक झण्डा राख्ने विषयलाई लिएर दुई समुदायबीच भएको विवादपछि एक जनाको मृत्यु भएको र ९ जना घाइते भएका थिए ।

२०८३ साउन ११ सोमबार, बिहान ७:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम सोमबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।
आदेशअनुसार निषेधाज्ञा अवधिभर एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जम्मा हुन वा प्रदर्शन गर्न निषेध गरिएको छ ।
प्रशासनले आदेश उल्लङ्घन गरे स्थानीय प्रशासन ऐनअनुसार कारबाही हुने जनाएको छ । आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई ऐनबमोजिम जरिवाना तथा एक महिनासम्म कैद हुन सक्ने व्यवस्था रहेको प्रशासनले जनाएको छ ।
हरिनगर र देवानगञ्ज क्षेत्रमा पछिल्लो समय उत्पन्न भएको साम्प्रदायिक तनाव तथा सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रशासनको भनाइ छ । यसअघि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा धार्मिक झण्डा राख्ने विषयलाई लिएर दुई समुदायबीच भएको विवादपछि एक जनाको मृत्यु भएको र ९ जना घाइते भएका थिए ।
प्रशासनले सर्वसाधारणलाई शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न तथा अफवाह फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गरेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…