लघुवित्तबाट लिएको कर्जा खारेज हुनुपर्ने मागसहित पीडितहरुले गरे काठमान्डौँ केन्द्रीत आन्दोलन सुरु
लघुवित्त पीडितको आन्दोलनसँगै काठमाडौंमा केही समय प्रदर्शन र नाराबाजी भएको थियो भने सुरक्षाका लागि नेपाल प्रहरी परिचालन गरिएको थियो। लघुवित्त पीडितहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

२०८३ साउन १० आइतबार, बेलुकी ७:५० बजे१ मिनेट पढाइ

न्यूज ब्युरो, जनकपुरधाम । आफूहरूले लिएको लघुवित्तको कर्जा खारेज गर्नुपर्ने मागसहित लघुवित्त पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्।
देशका विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूले सरकारसँग आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्।
लघुवित्तबाट लिएको कर्जा खारेज गर्नुपर्ने, चर्को ब्याज र जरिवाना मिनाहा गर्नुपर्ने तथा पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग राख्दै लघुवित्त पीडितहरू काठमाडौंमा आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनकारीहरूले माइतीघर मण्डलालगायत क्षेत्रमा प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले लघुवित्त संस्थाहरूको चर्को ब्याजदर, असुलीको दबाब र आर्थिक भारका कारण हजारौं परिवार समस्यामा परेको दाबी गरेका छन्। लघुवित्तका कर्मचारीहरुले आँफुहरुलाइ दुख दिएको उनिहरुले गुनासो गरेकाछन । पीडितहरूले सरकारले पटक–पटक वार्ताको आश्वासन दिए पनि आफ्ना माग सम्बोधन नभएको गुनासो गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।
लघुवित्त पीडितको आन्दोलनसँगै काठमाडौंमा केही समय प्रदर्शन र नाराबाजी भएको थियो भने सुरक्षाका लागि नेपाल प्रहरी परिचालन गरिएको थियो। लघुवित्त पीडितहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…