भारतका नयाँ केन्द्रीय शिक्षामन्त्री बने RSS का स्वयंमसेवक एवम् अनुवायी प्रह्लाद जोशी
नयाँ दिल्ली । भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय जनता पार्टी (भाजपा) नेता प्रह्लाद जोशी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत गरेसँगै जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो । धर्मेन्द्र प्रधानले पछिल

२०८३ साउन १० आइतबार, बिहान १०:३० बजे१ मिनेट पढाइ

नयाँ दिल्ली । भारत सरकारको नयाँ केन्द्रीय शिक्षामन्त्रीमा वरिष्ठ भारतीय जनता पार्टी (भाजपा) नेता प्रह्लाद जोशी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत गरेसँगै जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
धर्मेन्द्र प्रधानले पछिल्लो समय राष्ट्रिय पात्रता तथा प्रवेश परीक्षा (नीट–यूजी) सम्बन्धी विवाद र त्यसविरुद्ध जारी आन्दोलनका बीच पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीको सिफारिसमा राष्ट्रपति मुर्मुले जोशीलाई शिक्षामन्त्रीको जिम्मेवारी सुम्पिएकी हुन् ।
कर्नाटकको धारवाडबाट लगातार निर्वाचित लोकसभा सदस्य जोशी केन्द्र सरकारका अनुभवी मन्त्रीका रूपमा परिचित छन् । उनी हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय र नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका छन् । शिक्षा मन्त्रालयको जिम्मेवारी पनि थपिएपछि उनले बहुआयामिक मन्त्रालयको नेतृत्व गर्ने भएका छन् ।
शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्दै जोशीले शिक्षा प्रणालीप्रति जनविश्वास पुनःस्थापित गर्ने, परीक्षा प्रणालीलाई थप पारदर्शी बनाउने तथा मन्त्रालयका सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…