न्यूज ब्यूरो, जनकपुरधाम । भारतका सामाजिक अभियन्ता तथा शिक्षाविद् सोनम वाङ्चुकले २६ दिनदेखि जारी आमरण अनशन अन्त्य गरेका छन् । केन्द्र सरकारसँग लामो वार्ता तथा केही प्रमुख मागमा सकारात्मक आश्वासन पाएपछि उनले शुक्रबार बिहान अनशन तोडेका हुन् ।
वाङ्चुकले केन्द्रीय मन्त्री जेपी नड्डा र डा। जितेन्द्र सिंहको उपस्थितिमा अनशन तोडेका थिए । उनले सामाजिक सञ्जालमार्फत लामो छलफल र देशमा हिंसात्मक अवस्था सिर्जना हुन सक्ने चिन्ताका कारण अनशन अन्त्य गर्ने निर्णय गरेको बताएका छन् ।
वाङ्चुक गत जुन २८ देखि मेडिकल प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहावट प्रकरण, परीक्षा प्रणालीमा सुधार तथा विद्यार्थीका मागको समर्थनमा आमरण अनशनमा बसेका थिए । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो, जहाँ उनले करिब ११ किलोग्राम तौलसमेत घटाएका थिए ।
उनका अनुसार केन्द्र सरकारले परीक्षा प्रणालीमा जवाफदेहिता सम्बन्धी विषय संसदमा छलफल गर्ने, शान्तिपूर्ण आन्दोलनमा सहभागी युवामाथि प्रतिशोधपूर्ण कारबाही नगर्ने लगायतका विषयमा सकारात्मक प्रतिबद्धता जनाएको छ । यद्यपि आन्दोलनका अन्य मागहरू भने अझै जारी रहने जनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाङ्चुकको स्वास्थ्यलाभको कामना गर्दै चिकित्सकको सल्लाहअनुसार आराम गर्न आग्रह गरेका छन् । यसैबीच, आन्दोलनरत विद्यार्थी समूहले भने आफ्ना मुख्य माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
धनुषाधाममा राष्ट्रिय बाणिज्य बैँकको शाखा विस्तार
- २०८३ श्रावण ८ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको नयाँ शाखा धनुषाको ऐतिहासिक धनुषाधाममा सञ्चालनमा आएको छ । बैंकको १३८ औं शाखाको रुपमा धनुषाधाममा पनि सेवा प्रारम्भ गरिएको रा.बा. बैंकले जनाएको छ
पूरा पढ्नुहोस्




