न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको सम्सी गाउँपालिका वडा नं. ५ पोखरभिन्डामा साइकलको ठक्करबाट घाइते भएका एक बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा प्रहरीले १५ वर्षीया एक किशोरीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत जेठ २२ गते साइकलमा मल बोकेर खेततर्फ जाँदै गरेकी किशोरीले सोही स्थानका बालक मनिकेश कुमार यादवलाई ठक्कर दिएकी थिइन् । ठक्कर लागेपछि बालक अचेत अवस्थामा पुगेका थिए ।
प्रहरी अनुसन्धानअनुसार किशोरीले बालकको मृत्यु भइसकेको ठानेर उनलाई बोरामा राखी नजिकैको पोखरीमा फालेकी थिइन् । त्यसपछि पोखरीमा बालकको शव फेला परेपछि प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान थालेको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार अनुसन्धानका क्रममा प्राप्त प्रमाण र शंकाका आधारमा किशोरीलाई नियन्त्रणमा लिएपछि घटनाको वास्तविकता खुलेको हो ।
प्रहरीका अनुसार पोखरीमा फाल्नुअघि बालकले लगाएको चाँदीको बाला समेत किशोरीले निकालेकी थिइन् । अनुसन्धानका क्रममा उक्त चाँदीको बाला पनि किशोरीबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले किशोरीलाई असार ५ गते घरबाटै नियन्त्रणमा लिएको थियो । महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले घटनासम्बन्धी अन्य पक्षबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ ।
जनकपुरमा अन्तरविद्यालय उपमेयर कप महिला कबड्डी प्रतियोगिता सुरु
- २०८३ श्रावण ७ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा उपमेयरकप अन्तरविद्यालय महिला कबड्डी प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा गोगल प्रसाद नमूना माध्यमिक विद्यालयमा सुरु भएको पाँचदिवसीय प्रतियोगिताको उद्घाटन उपमहानगरपालिकाका उपप्रमुख
पूरा पढ्नुहोस्


