
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
घरेलु हिंसाका यस्ता घटनाले महिला सुरक्षा र कानुनी संरक्षणको प्रभावकारी कार्यान्वयनबारे पुनः प्रश्न उठाएको छ । पीडितलाई न्याय र दोषीमाथि कानुनबमोजिम कारबाहीको माग स्थानीयस्तरमा समेत उठ्न थालेको छ।

२०८३ साउन ७ बिहीबार, बिहान ९:२७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–४ की एक विवाहित महिलामाथि घरेलु हिंसा तथा अमानवीय यातना भएको आरोप सार्वजनिक भएको छ । घटनामा घाइते भएकी महिला उपचारका लागि अस्पतालमा भर्ना भएकी छन् ।
उपचाररत संजना कुमारीले आफ्ना श्रीमान रामशंकर यादव र देवरले आफूलाई शारीरिक तथा मानसिक यातना दिएको आरोप लगाएकी छन् । उनले आफूलाई विद्युतीय करेन्ट लगाइएको, तातो फलामको रडले शरीरका विभिन्न भागमा डामिएको तथा प्लासको प्रयोग गरी औँलाको नङ उखेल्ने प्रयास गरिएको दाबी गरेकी छन् ।
यातनाका कारण उनको शरीरका विभिन्न भागमा गहिरा चोट तथा पोलेका घाउ देखिएको बताइएको छ । चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको छ ।
घटनापछि पीडित पक्षले न्यायको माग गरेका छन् । यस घटनाबारे प्रहरीमा जानकारी पुगेको र अनुसन्धान प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ । यद्यपि, प्रहरीले आरोपबारे आधिकारिक विवरण तथा अनुसन्धानको निष्कर्ष सार्वजनिक गरिसकेको छैन ।
आरोपित पक्षबाट भने यस विषयमा सार्वजनिक प्रतिक्रिया आएको छैन । घटनाको वास्तविकता अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेकाले प्रहरीले सबै पक्षको बयान र प्रमाणका आधारमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
घरेलु हिंसाका यस्ता घटनाले महिला सुरक्षा र कानुनी संरक्षणको प्रभावकारी कार्यान्वयनबारे पुनः प्रश्न उठाएको छ । पीडितलाई न्याय र दोषीमाथि कानुनबमोजिम कारबाहीको माग स्थानीयस्तरमा समेत उठ्न थालेको छ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
बुधबार · द्दितीया
तस्बिर: Toshiro lama / Wikimedia Commons / CC BY-SA 4.0बुधबार · द्दितीया
भाइटीका, किजा पूजा
भाइटीका, दीपावलीको दोस्रो दिनका रूपमा मनाइएको पर्व हो, जसमा दिदीहरूले आफ्ना भाइलाई लामो जीवन र समृद्धिका लागि टीका गर्नुलाई विशेष महत्व दिइन्छ। यो दिन दिदीहरूले भाइलाई मिठाई र माेलाईँ दिने परम्परा अनुसार मनाइन्छ। भाइटीकामा भाइको सुरक्षा र दिदीको माया प्रकट गर्ने एक विशेष अवसरका रूपमा यसलाई मनाइन्छ, जसका कारण यो पर्व भाई-बहिनीको सम्बन्धलाई अझ गाढा बनाउछ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
२०८३ कार्तिक २५ बुधबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तहरू मध्य रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पढाइमा प्रगति हुनाले आत्मविश्वास परिपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…