बर्षौदेखि अलपत्र मुजेलिया बाँधको ठेक्का आह्वान, साँसद यादवको पहलकदमीले कमला नगरपालिकालाई फाईदा

२०८३ श्रावण ७ बिहीबार
बिहान ०९:०९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको कमला नगरपालिका–१ अन्तर्गत पर्ने मुजेलिया बाँध निर्माणका लागि ठेक्का आह्वान भएको छ । वर्षौंदेखि अलपत्र रहेको उक्त आयोजना अघि बढ्ने प्रक्रियामा प्रवेश गरेसँगै स्थानीयवासीमा आशा जागेको छ ।

लामो समयसम्म ठेक्का प्रक्रिया अघि नबढ्दा निर्माण कार्य रोकिएको मुजेलिया बाँधका लागि सम्बन्धित निकायले हालै ठेक्का (टेन्डर) आह्वान गरेको हो ।

प्रतिनिधिसभा सदस्य राम विनोद यादवले आफ्नो पहल र सम्बन्धित निकायसँगको समन्वयपछि ठेक्का प्रक्रिया अघि बढेको बताएका छन् । उनले बाँध निर्माणलाई प्राथमिकतामा राख्दै निरन्तर पहल गरेको दाबी गरेका छन् ।

स्थानीयवासीले वर्षौंदेखि बाँध निर्माण नहुँदा वर्षायाममा बाढी र नदी कटानको जोखिम सामना गर्दै आएका थिए । ठेक्का आह्वान भएसँगै अब निर्माण कार्य छिट्टै सुरु हुने अपेक्षा स्थानीयको छ ।

स्थानीयले लामो समयदेखि रोकिएको आयोजना अघि बढ्ने वातावरण बनेको भन्दै खुसी व्यक्त गरेका छन् । उनीहरूले निर्माण कार्य गुणस्तरीय र तोकिएको समयमै सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

बाँध निर्माण सम्पन्न भएपछि कमला नगरपालिका–१ लगायत आसपासका बस्तीमा बाढी तथा नदी कटानको जोखिम न्यूनीकरण हुनुका साथै स्थानीयको जनधनको सुरक्षामा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८३ श्रावण ७ बिहीबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus