जनकपुरको कनकपट्टि रेल्वे हल्टस्थित एक पुरुषको लास फेला, घटनास्थल पुग्यो प्रहरी
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ कनकपट्टिस्थित एक पुरुषको लास भेटिएको छ । कनकपट्टि रेल्वे हल्टस्थित पुरुष मृत अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरेको थियो । कनकपट्टि रेल्वे हल्टभन्दा उत्तर पूर्व तर्फ पुरुष मृत अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाको

२०८३ साउन ३ आइतबार, बिहान ११:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ कनकपट्टिस्थित एक पुरुषको लास भेटिएको छ ।
कनकपट्टि रेल्वे हल्टस्थित पुरुष मृत अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरेको थियो । कनकपट्टि रेल्वे हल्टभन्दा उत्तर पूर्व तर्फ पुरुष मृत अवस्थामा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको मुचुल्का टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । मृतक व्यक्तिको अझै पहिचान खुल्न भने सकेको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…