भारत । भारतको कर्नाटक राज्यस्थित धारवाडमा एक चिकित्सकको आफ्नै फ्ल्याटभित्र हत्या भएको घटनाले सनसनी मच्चाएको छ। ४५ वर्षीय एनेस्थेसियोलोजिस्ट डा. किरण होन्नन्नावर मृत अवस्थामा फेला परेका छन् भने उनका ८ वर्षीय छोरा गम्भीर घाइते अवस्थामा उद्धार गरिएका छन्। प्रहरीले घटनामा संलग्न भएको आशंकामा उनकी पत्नी तथा नेत्ररोग विशेषज्ञ डा. प्रियंकालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार डा. किरणको शव शरीरमा धारिलो हतियार प्रहारका धेरै चोटसहित फ्ल्याटभित्र भेटिएको थियो। अर्को कोठामा उनका ८ वर्षीय छोरा पनि चक्कु प्रहारबाट गम्भीर घाइते अवस्थामा रगतले लतपतिएका भेटिएका थिए। तत्काल अस्पताल पुर्याइएका बालकको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
घटनाको खुलासा त्यसबेला भयो जब डा. किरणसँग लामो समय सम्पर्क हुन नसकेपछि उनका आफन्तले बारम्बार फोन गरेका थिए। प्रहरीले जनाएको विवरणअनुसार पत्नी प्रियंकाले सुरुमा “उनी आराम गरिरहेका छन् र पछि “ड्युटीमा गएका छन् - भन्दै फरक–फरक जानकारी दिएकी थिइन्। शंका लागेपछि आफन्त फ्ल्याटमा पुगेका थिए, जहाँ डा. किरण मृत र छोरा गम्भीर घाइते अवस्थामा भेटिएका थिए।
प्रहरी घटनास्थलमा पुग्दा डा। प्रियंका अर्को कोठामा शान्त रूपमा मोबाइल चलाइरहेको अवस्थामा भेटिएकी थिइन्। प्रहरी आयुक्त एन। शशिकुमारका अनुसार घटनास्थलमा कुनै बाह्य व्यक्तिले जबरजस्ती प्रवेश गरेको प्रमाण फेला परेको छैन। घटनाका बेला फ्ल्याटभित्र पति, पत्नी र छोरा मात्रै रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले यो घटनालाई प्रारम्भिक रूपमा घरेलु विवादसँग जोडेर अनुसन्धान गरिरहेको जनाएको छ। फरेन्सिक परीक्षण, सीसीटीभी फुटेज, मोबाइल विवरण तथा अन्य प्रमाण संकलन गरी घटनाको वास्तविक कारण र हत्याको उद्देश्यबारे अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। हालसम्म प्रहरीले हत्याको अन्तिम कारण सार्वजनिक गरेको छैन र अनुसन्धान जारी रहेको जनाएको छ।
मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा
- २०८३ श्रावण १ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी
पूरा पढ्नुहोस्



