सिरहामा वन कार्यालय प्रमुख यादव १२ हजार घुससहित रंगेहात पक्राउ
अख्तियारका अनुसार कर्जन्हा नगरपालिका–२ स्थित एक काठ उद्योगबाट विभिन्न स्थानबाट ल्याइएको काठसम्बन्धी कार्य मिलाइदिने भन्दै यादवले तीन ट्रक काठका लागि प्रति ट्रक ४ हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए। सेवाग्राहीको उजुरीका आधारमा अख्तियारले निगरानी बढाएर रकम बुझ्दै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरेको जनाएको छ।

२०८३ असार २३ मंगलबार, बेलुकी ७:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो नेपाल, सिरहा । सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले मंगलबार सिरहाको कर्जन्हा नगरपालिका–४ बाट यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार कर्जन्हा नगरपालिका–२ स्थित एक काठ उद्योगबाट विभिन्न स्थानबाट ल्याइएको काठसम्बन्धी कार्य मिलाइदिने भन्दै यादवले तीन ट्रक काठका लागि प्रति ट्रक ४ हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए। सेवाग्राहीको उजुरीका आधारमा अख्तियारले निगरानी बढाएर रकम बुझ्दै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका यादवमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…