फेसबुकमा महिलामाथि अभद्र कमेन्ट गरेको आरोपमा काँग्रेसका कार्यकर्ता एवम् अभियानी ध्रुव झा पक्राउ
एक महिलाको फेसबुक कमेन्टमा अभद्र शब्द लेखेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार, उनीमाथि साईबर ब्यूरोमा उजुरी परेकोले सोही अनुसार पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको हो ।

२०८३ असार १६ मंगलबार, राति ८:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषाका पूर्व सदस्य रहिसकेका ध्रुव कुमार झालाई प्रहरीले पक्राउ गरेको छ ।
गत चुनावमा नेपाली काँग्रेसमा विधिवत प्रवेश गरी राजनीतिमा होमिएका झालाई प्रहरीले आज जनकपुरबाट पक्राउ गरेको हो ।
एक महिलाको फेसबुक कमेन्टमा अभद्र शब्द लेखेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार, उनीमाथि साईबर ब्यूरोमा उजुरी परेकोले सोही अनुसार पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको हो ।
प्रहरीले महिलाको गोपनियता कायम राख्दै भोली मुद्दा दर्ता भएपछि मात्र विस्तृत दिन मिल्ने बताए ।
जनकपुरमा अनियमितता, सफाई, फुटपाथ खाली गराउने अभियानीको रुपमा समेत चिनिएका पूर्व पत्रकार ध्रुव झालाई रिहाईको लागि समाजिक सँजालमा आवाज उठेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…