सिरहामा दिनदहाडै लुटियो २५ लाख ६० हजार
न्यूज ब्यूरो | सिरहा, २४ साउन । सिरहाको मिर्चैया–कल्याणपुर सडकखण्डमा पर्ने तीनगछिया नजिकै बिहिवार दिउँसो १२ बजेको समयमा लुटेरा समूहले दिनदहाडै २५ लाख ६० हजार रुपैयाँ लुटेका छन् । कल्याणपुर नगरपालिका–११ कल्याणपुर बजारमा राजाराम सब मनि ट्रान्सफर सञ्चालन गर्दै आएका राजाराम साहले मिर्चैयास्थित ग्लोबल आई

२०७५ साउन २४ बिहीबार, दिउँसो ३:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, २४ साउन । सिरहाको मिर्चैया–कल्याणपुर सडकखण्डमा पर्ने तीनगछिया नजिकै बिहिवार दिउँसो १२ बजेको समयमा लुटेरा समूहले दिनदहाडै २५ लाख ६० हजार रुपैयाँ लुटेका छन् ।
कल्याणपुर नगरपालिका–११ कल्याणपुर बजारमा राजाराम सब मनि ट्रान्सफर सञ्चालन गर्दै आएका राजाराम साहले मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट लैजाँदै गरेको रु. २५ लाख ६० हजार दुईवटा मोटरसाइकलमा आएका अज्ञात लुटेराहरूले मिर्चैया–कल्याणपुर सडकखण्डको तीनगछिया नजिकैबाट सो रकम लुटेर भागेका हुन् ।
बैंकबाट रकम लिएर मनि ट्रान्सफरतर्फ मोटरसाईकलमा जाँदै गर्दा दुईवटा मोटरसाइकलमा आएका चारजना नकाबधारीले ओभरटेक गरी रकमसहितको झोला लुटेर भागेको पीडितको भनाइलाई उधृत गर्दै ईप्रका मिर्चैयाका डिएसपी दिपेन्द्र शाहले बताए ।
लुटेरा समुहको खोजी भईरहेको पनि प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…