
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
त्रिनेत्र ट्रेनर्स नेटवर्क प्रा.लि.ले यस्ता जनचेतनामूलक कार्यक्रमले समुदायमा सकारात्मक सोचको विकास हुनुका साथै सामाजिक एकता, सद्भाव र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। पाँच दिनसम्म सञ्चालन गरिएको अभियानले विशेषगरी विद्यार्थी तथा युवापुस्तामा जातीय विभेद विरुद्ध सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको दाबी छ।

२०८३ असार १० बुधबार, बिहान ८:१४ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जातीय विभेद तथा छुवाछुत अन्त्य गर्ने उद्देश्यले धनुषाको जनकनन्दिनी गाउँपालिकामा जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ। जनकनन्दिनी गाउँपालिकाको आर्थिक सहयोग तथा त्रिनेत्र ट्रेनर्स नेटवर्क प्रा.लि.को समन्वयमा असार ५ गतेदेखि असार ९ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रम अन्तर्गत विभिन्न माध्यमिक विद्यालय तथा सार्वजनिक चोक–चौराहाहरूमा सडक नाटक प्रदर्शन गरिएको हो।
सडक नाटकमार्फत समाजमा अझै विद्यमान जातीय विभेद, छुवाछुतका घटनाहरू, त्यसले व्यक्तिको जीवनमा पार्ने नकारात्मक प्रभाव तथा कानुनी व्यवस्थाबारे सशक्त सन्देश प्रवाह गरिएको थियो। कार्यक्रममा जनकपुरका चर्चित कलाकारहरूले अभिनयमार्फत जातीय छुवाछुत सम्बन्धी सामाजिक यथार्थ, पीडितहरूले भोग्नुपरेका समस्या तथा यस्ता कार्यमा संलग्न व्यक्तिलाई हुने कानुनी कारबाही र सजायका विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए।
नाटकमा नेपालको संविधानले सबै नागरिकलाई समान अधिकार प्रदान गरेको, जातीय आधारमा गरिने कुनै पनि प्रकारको भेदभाव कानुनविपरीत रहेको तथा जातीय छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अन्तर्गत यस्ता कार्य दण्डनीय अपराध भएको विषयलाई विशेष रूपमा समेटिएको थियो।
विद्यालय तथा सार्वजनिक स्थलहरूमा प्रदर्शन गरिएको नाटक हेर्न विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नाटकले समाजमा विद्यमान कुरीति र विभेदका विरुद्ध सकारात्मक सन्देश दिएको तथा सामाजिक सद्भाव, समानता र मानव अधिकारको सम्मान गर्न प्रेरित गरेको प्रतिक्रिया दिएका थिए।
आयोजकका अनुसार जातीय छुवाछुत जस्तो सामाजिक विकृति अझै विभिन्न समुदायमा विद्यमान रहेकाले जनस्तरमा चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताइएको छ। नाटकमार्फत सबै नागरिकलाई समान व्यवहार गर्न, मानव अधिकारको सम्मान गर्न तथा विभेदमुक्त समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको थियो।
त्रिनेत्र ट्रेनर्स नेटवर्क प्रा.लि.ले यस्ता जनचेतनामूलक कार्यक्रमले समुदायमा सकारात्मक सोचको विकास हुनुका साथै सामाजिक एकता, सद्भाव र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। पाँच दिनसम्म सञ्चालन गरिएको अभियानले विशेषगरी विद्यार्थी तथा युवापुस्तामा जातीय विभेद विरुद्ध सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको दाबी छ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
आइतबार · चतुर्दशी

आइतबार · चतुर्दशी
दिपावली | लक्ष्मी पूजा, दियावाती, कुकुर तिहार, नरक चतुर्दशी
कुकुर तिहार, जसलाई नरक चतुर्दशी पनि भनिन्छ, नेपालमा मनाउने एक विशेष पर्व हो। यो दिन कुकुरलाई पूजा गरिन्छ र तिनीहरूको साथको महत्त्वलाई सम्मान गरिन्छ। कुकुरलाई मालिस र प्रिय खानेकुरा दिएर उनीहरूको सेवाको सराहना गरिन्छ। यो पर्व नरक चतुर्दशीसँग सम्बन्धित रहेकोले, दिनभर विशेष धार्मिक क्रियाकलापहरू पनि गरिन्छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ कार्तिक २२ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आर्थिक कारोबारमा स्पष्टता राख्दा फाइदा हुनेछ। विद्यार्थीले लेखन र प्रस्तुतिमा राम्रो प्रदर्शन गर्नेछन्। रिसमा बोलेका शब्दले नजिकको सम्बन्ध बिगार्न नदिनुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ३ रहेको छ।
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…