सिरहामा लागूऔषधसहित १ युवक समातिए
न्यूज ब्यूरो | सिरहा, २३ साउन । सिरहा प्रहरीले भारी परिमाणमा लागूऔषधसहित भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका–१ दरहियाबाट आज बिहान एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको मोतीपुर–४ निवासी २७ वर्षीय नारायण ओली रहेको प्रहरीले जनाएको छ । जाँच गर्ने क्रममा ओलीको साथबाट नाइटराभेट आर टेन

२०७५ साउन २३ बुधबार, बेलुकी ६:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, २३ साउन । सिरहा प्रहरीले भारी परिमाणमा लागूऔषधसहित भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका–१ दरहियाबाट आज बिहान एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दियाको मोतीपुर–४ निवासी २७ वर्षीय नारायण ओली रहेको प्रहरीले जनाएको छ । जाँच गर्ने क्रममा ओलीको साथबाट नाइटराभेट आर टेन ५८ पत्ता ९ प्रति पत्तामा ३० ट्याब्लेट, स्पामो प्रोक्सिफोन आर प्लस ६ पत्ता ९प्रतिपत्तामा २४ क्याप्सुल र अर्को काटेको स्पामो प्रोक्सिन आर प्लस १६ क्याप्सुल लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…