जनकपुरधाममा निजी विद्यालयमाथि कडा अनुगमन, दर्जनौँमा अनियमितता फेला

२०८३ असार ५ शुक्रबार
बिहान १०:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूको सञ्चालनमा देखिएको अनियमितता र मापदण्ड उल्लङ्घनविरुद्ध कडा अनुगमन अभियान तीव्र पारेको छ।

उपमहानगरपालिकाको शिक्षा समितिले पछिल्ला महिनामा २० भन्दा बढी निजी विद्यालयको स्थलगत निरीक्षण गर्दा अनुमति विपरीत कक्षा सञ्चालन, फरक नाममा विद्यालय चलाउने, न्यून विद्यार्थी संख्यामा सञ्चालन तथा कोचिङ सेन्टरलाई विद्यालयका रूपमा प्रयोग गर्ने जस्ता गम्भीर अनियमितता भेटिएको जनाएको छ।

नगर प्रमुख मनोज कुमार साह र शिक्षाका शाखाका दिपक ठाकुरको विशेष सहभागितामा गएको अनुगमनका क्रममा जनकपुरधाम–१३ स्थित न्यू पिनाकल एकेडेमीले अनुमति लिएको नामभन्दा फरक नामबाट सञ्चालन गरेको, जनकपुरधाम–८ स्थित नेशनल चिल्ड्रेन पार्क ईङ्ग्लिस बोर्डिङ स्कुलमा न्यून विद्यार्थी संख्या रहेको र आवश्यक मापदण्ड पूरा नभएको पाइएको छ।

त्यस्तै, जनकपुरधाम–२१ स्थित श्री लक्ष्मी सरस्वती पार्वती ईङ्ग्लिस बोर्डिङ स्कुलले कक्षा ८ सम्मको अनुमति भए पनि कक्षा १० सम्म सञ्चालन गरेको भेटिएको छ। यस्तै जनकपुरधाम–१३ स्थित जेम्स एकेडेमी स्कुलमा अनुमति र सञ्चालन नाम फरक रहेको पाइएको छ।

अनुगमन टोलीका अनुसार केही विद्यालयले आवश्यक विद्यार्थी नै नभए पनि कक्षा सञ्चालन देखाउने, अनुमति बिना कक्षा विस्तार गर्ने तथा शाखा सञ्चालन गर्ने गरेको पाइएको छ। जनकपुरधाम–८ स्थित लिटल च्याम्प एजुकेशन प्रालि र सिद्धार्थ मन्टेश्वरी ईङ्ग्लिस बोर्डिङ स्कुलमा पनि अनुमति विपरीत गतिविधि भेटिएको छ।

शिक्षा समितिले केही विद्यालयलाई जरिवाना, कक्षा खारेजी तथा बन्द गर्ने निर्देशन दिएको छ। प्रत्येक अनियमित विद्यालयलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ भने कतिपयलाई पूर्ण रूपमा बन्द गर्न निर्देशन दिइएको छ।

शिक्षा समितिका सदस्य दीपक ठाकुरले शिक्षा क्षेत्रलाई व्यवसायिक स्वार्थको माध्यम बनाउन नदिने स्पष्ट पार्दै अनुगमन अझ कडा बनाइने बताए।

उनका अनुसार बाँकी विद्यालयहरूको पनि चरणबद्ध अनुगमन जारी छ र नियम उल्लङ्घन गर्ने संस्थामाथि अनुमति खारेजीसम्मको कारबाही अघि बढाइनेछ।

उपमहानगरपालिकाले शिक्षा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र कानुनी दायराभित्र ल्याउन अभियान निरन्तर रहने जनाएको छ। स्थानीय अभिभावकहरूले समेत अनुगमनलाई प्रभावकारी बनाउन माग गरेका छन्।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०८३ असार ५ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus