सार्वजनिक पोखरी ठेक्काको पौने ५ लाख रुपैयाँ शहिदनगरका वडाध्यक्ष निरालाले खाईदिएको आरोप

२०८३ असार ४ बिहीबार
बेलुकी ५:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका एक वडाध्यक्षले सार्वजनिक पोखरीको पौने पाँच लाख रुपैयाँ खाईदिएको आरोप स्थानीयहरुले लगाएका छन् । 

शहिदनगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उमेश कुमार निरालाले सोही वडामा रहेको बडकी पोखरी धोबियाहीको ठेक्का रकम खाईदिएको आरोप लगाइएको छ । 

बडकी पोखरी धोबियाहीको लागि ४ लाख ७५ हजार रुपैयाँमा ठेक्का भएको थियो । सो रकम स्थानीय समुदायिक विद्यालयमा वा नगरपालिकामा राजस्वको रुपमा बुझाउनुपर्ने सहमति भएको थियो । तर, वडाध्यक्ष निरालाले भने सो रकम आफ्नै गोजीमा राखेको आरोप पूर्व वडाध्यक्ष राम एकवाल मण्डलले पनि लगाए । 

पोखरीको ठेक्का लिएका ठेकेदार जगदिश मुखियाले भने आफू रकम वडाध्यक्ष निरालाको हातमा दिएको बताए । न्यूज ब्यूरोसँगको कुराकानीमा मुखियाले ४ लाख ७५ हजार रुपैयाँमध्ये दुई लाख रुपैयाँ पोखरी सफाईमा कट्टा गरी बाँकीको रकम वडाध्यक्ष निरालाको हातमा दिएको दाबी गरे । 

राजस्वको सन्दर्भमा हठिपुरस्थित रहेको विद्यालयमा सम्पर्क गर्दा प्रधानाध्यापक सम्पर्कमा आउन चाहिनन् । उनले जानकारी पाएपछि फोन स्वीच अफ गरिन् । 

यता, नगरपालिकाको राजस्व शाखाका प्रमुख रामदेव यादवले भने वडा नं. ६ को पोखरीको ठेक्का रकम वापतको राजस्व नगरपालिकामा नबुझाएको पुष्टि गरे । 

यस सन्दर्भमा वडाध्यक्ष उमेश निरालासँग सम्पर्क गर्दा उनले फोनमा कुरा नगर्ने तथा भेटेरै कुरा गर्ने प्रतिक्रिया दिए । उनलाई फोनमै जानकारी दिन भनेपनि उनले यस सन्दर्भमा बोल्न चाहेनन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो 

  • २०८३ असार ४ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा लगाइएको “जमजम नगर र जामिया रोड” लेखिएको बोर्ड हटाइएको छ ।  जनकपुरधामको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र

पूरा पढ्नुहोस्

Bureau Menus