बिहार सरकारको एक्सनः अब अश्लील, डब्बल मिनिँग तथा जातीय द्वेष फैलाउने गीत बजाए कारबाही हुने

२०८३ असार ४ बिहीबार
बिहान ०७:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो ।  भारतको बिहार सरकारले सार्वजनिक स्थल, विवाह समारोह, सवारी साधन तथा विभिन्न सामाजिक–सांस्कृतिक कार्यक्रममा अश्लील, द्विअर्थी तथा जातीय भावना भड्काउने गीत बजाउने वा गाउने व्यक्तिविरुद्ध कडा कानुनी कारबाही गर्ने निर्णय गरेको छ। 

बिहारको कला, संस्कृति तथा युवा विभागले गृह विभागमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा सम्बन्धित निकायलाई यस्तो प्रकारका गीतमाथि निगरानी बढाउन र कानुनअनुसार कारबाही गर्न निर्देशन दिएको हो। 

विभागका अनुसार राज्यका बजार, सार्वजनिक स्थल, सवारी साधन, विवाह समारोह तथा अन्य कार्यक्रमहरूमा अश्लील, द्विअर्थी र जातीय विद्वेष फैलाउने गीतहरू खुलेआम बज्ने क्रम बढिरहेको छ। यस्ता गीतले सामाजिक सद्भाव, आपसी भाइचारा र सामुदायिक एकतालाई कमजोर बनाउँदै समाजमा तनाव, वैमनस्य र विकृति फैलाउने गरेको सरकारको निष्कर्ष छ। 

बिहारका कला तथा संस्कृति मन्त्री प्रमोद कुमारले यस्ता गीतका कारण विशेषगरी महिला तथा बालबालिकाले असहज वातावरणको सामना गर्नुपरेको बताएका छन्। उनले बिहारको समृद्ध लोकसंस्कृति, परम्परा र भाषिक गरिमाको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै अश्लील तथा द्विअर्थी गीत सामाजिक मूल्य र कानुनी मर्यादाविपरीत रहेको बताए। 

सरकारले भारतीय न्याय संहिताअन्तर्गत आवश्यक कानुनी व्यवस्था प्रयोग गरी दोषीमाथि मुद्दा दर्ता गर्न र कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ। यसअघि पनि बिहार प्रहरीले यस्ता गीतलाई सामाजिक समस्या भन्दै राज्यव्यापी अभियान सञ्चालन गरेको थियो। 

बिहार सरकारको यो निर्णयलाई सार्वजनिक नैतिकता, महिला सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्ने प्रयासका रूपमा हेरिएको छ। 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूजब्यूरो प्रभावः जनकपुरमा बनाइएका 'जमजम नगर र जामिया रोड' को बोर्ड हटाइयो 

  • २०८३ असार ४ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा लगाइएको “जमजम नगर र जामिया रोड” लेखिएको बोर्ड हटाइएको छ ।  जनकपुरधामको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र

पूरा पढ्नुहोस्

Bureau Menus