UNDP सहयोगमा बागमति सेवा समाज नेपालद्वारा मधेश प्रदेशभरीका कर्मचारी लाई CRG क्षमता विकास तालिम
विशेषगरी क्षयरोगबाट प्रभावित समुदायमा अझै पनि विद्यमान कलंक, भेदभाव तथा असमान पहुँचका समस्यालाई सम्बोधन गर्दै सबै नागरिकले सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यस्ता क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो।

२०८३ जेठ २५ सोमबार, बेलुकी ७:१६ बजे१ मिनेट पढाइ
न्यूज ब्युरो, जनकपुरधाम । UNDP सहयोगमा बागमति सेवा समाज नेपालद्वारा मधेश प्रदेशभरीका कर्मचारी लाई CRG क्षमता विकास तालिम दिएका छन्।
मधेश प्रदेशभरी बागमती कल्याण समाज नेपाल (BWSN) द्वारा सञ्चालित कार्यक्रममा सयभन्दा बढी कर्मचारीहरू लाई UNDP को ग्लोबल फन्ड कार्यक्रम अन्तर्गत समुदाय, अधिकार तथा लैङ्गिकता (CRG) सम्बन्धी तालिम सम्पन्न गरेका छन्।
तालिममा आउटरिच कार्यकर्ता, जिल्ला संयोजक तथा विभिन्न कार्यक्रमका कर्मचारीहरूको सहभागिता रहेका थिए। सहभागीहरूलाई क्षयरोग रोकथाम तथा उपचार, सामुदायिक अधिकार, कलंक तथा भेदभाव न्यूनीकरण, लैङ्गिक समानता, लैङ्गिक आधारित हिंसा (GBV), समुदाय नेतृत्व अनुगमन (CLM) तथा समावेशी स्वास्थ्य सेवाका विषयमा विस्तृत जानकारी प्रदान गरिएका छन्।
यस कार्यक्रमले अग्रपंक्तिमा कार्यरत स्वास्थ्य तथा समुदायका प्रतिनिधिहरूलाई मानव अधिकारमैत्री दृष्टिकोण अपनाउँदै स्वास्थ्य सेवामा देखिएका लैङ्गिक तथा सामाजिक अवरोधहरू पहिचान गरी समाधानका लागि पहल गर्न सक्षम बनाएका आयोजकले जनाएका छन्।
विशेषगरी क्षयरोगबाट प्रभावित समुदायमा अझै पनि विद्यमान कलंक, भेदभाव तथा असमान पहुँचका समस्यालाई सम्बोधन गर्दै सबै नागरिकले सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यस्ता क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो।
समुदाय, अधिकार र लैङ्गिकता (CRG) दृष्टिकोणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमा क्षयरोग सेवाहरू थप पहुँचयोग्य, समान, उत्तरदायी तथा कलंकमुक्त बन्ने अपेक्षा गरिएको छ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…