भारत बिहारझै नेपालमा पनि दारु प्रतिबन्ध गर्नुपर्छः नेता यादव

२०८३ जेठ २५ सोमबार
बेलुकी ५:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली कांग्रेसका नेता तथा नेपाल–भारत युवा संघका केन्द्रीय अध्यक्ष महेन्द्र यादवले नेपालमा रक्सीमाथि प्रतिबन्ध लगाउने कानुन ल्याउन सरकारसँग माग गरेका छन्।

आइतबार जनकपुरधाममा नेपाल–भारत युवा संघ, धनुषाले आयोजना गरेको लागूऔषधविरुद्ध जनचेतना कार्यक्रममा बोल्दै यादवले भारतको बिहारमा लागू गरिएको मदिरा निषेधसम्बन्धी कानुन नेपालमा पनि आवश्यक रहेको बताएका हुन्।

उनले विशेषगरी मधेश प्रदेशका सीमावर्ती क्षेत्रमा लागूऔषध सेवन गर्ने युवाको संख्या बढ्दै गएको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि प्रदेश तथा संघीय सरकारले प्रभावकारी कानुनी व्यवस्था गर्नुपर्ने बताए।

यादवले मदिरा सेवनले व्यक्ति, परिवार, समाज र राष्ट्रमै नकारात्मक असर पार्ने दाबी गरे। उनले मदिराबाट सरकारले प्राप्त गर्ने राजस्वभन्दा त्यसका कारण उत्पन्न स्वास्थ्य समस्याको उपचारमा हुने खर्च बढी रहेको बताए।

कार्यक्रममा मधेश प्रदेशका खानेपानी तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरी ले लागूऔषधविरुद्धको अभियान सीमाक्षेत्रमै केन्द्रित गर्नुपर्नेमा जोड दिए। युवामा बढ्दो लागूऔषधको लतले देशको भविष्यमा नकारात्मक प्रभाव पार्ने भएकाले सबै पक्ष संवेदनशील हुनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा सहभागी विभिन्न विद्यालयका विद्यार्थीलाई लागूऔषध सेवनका असर, त्यसबाट उत्पन्न हुने सामाजिक तथा स्वास्थ्य समस्या र कानुनी व्यवस्थाबारे जानकारी गराइएको थियो।

नेपाल–भारत युवा संघ, धनुषाका अध्यक्ष डा। बजरंग यादव ले प्रत्येक विद्यार्थीले कम्तीमा १० जना अन्य विद्यार्थी वा समुदायका व्यक्तिलाई लागूऔषधको दुष्परिणाम र कानुनी सजायबारे जानकारी गराउन आग्रह गरे। उनले व्यक्तिगत तथा सामाजिक सचेतनाबिना लागूऔषधविरुद्धको अभियान प्रभावकारी हुन नसक्ने बताए।

मधेश प्रदेशसभा सदस्य कुमरकान्त झा ले अनियन्त्रित रूपमा भइरहेको मदिरा बिक्रीवितरणलाई कानुनी रूपमा नियमन गर्नुपर्ने आवश्यकता औंल्याए। भारतमा सरकारले तोकेका स्थानबाट मात्रै मदिरा बिक्री हुने व्यवस्था रहेको उल्लेख गर्दै उनले नेपालमा पनि बिक्रीवितरण प्रणालीलाई व्यवस्थित र कडाइ गर्नुपर्ने बताए।

यसैगरी, डा. रवीन झा ले लागूऔषध सेवनले मानव स्वास्थ्यमा पार्ने असर, त्यसको लत लाग्ने प्रक्रिया तथा दीर्घकालीन स्वास्थ्य जटिलताबारे जानकारी दिएका थिए।

मुस्कान सुधार केन्द्रका सञ्चालक सञ्जय ठाकुर ले लागूऔषध प्रयोगकर्तालाई अपराधीभन्दा पनि उपचार आवश्यक पर्ने रोगीका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरे। उनले सुधार केन्द्रमार्फत उनीहरूको पुनःस्थापना र उपचार सम्भव रहेको बताए।

कार्यक्रममा मधुसुधन न्यौपाने ले लागूऔषधसम्बन्धी कसुरमा पक्राउ परेकालाई अनुसन्धानका क्रममा कम्तीमा तीन महिनासम्म हिरासतमा राख्न सकिने कानुनी व्यवस्था रहेको जानकारी दिए। उनले उक्त अवधिले प्रयोगकर्तालाई लागूऔषध सेवनको बानीबाट टाढा राख्न समेत सहयोग पुग्ने बताए।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशसहित प्रदेशहरुलाई स्वायत घोषणाको माग गर्दै जनमत पार्टीद्धारा प्रदर्शन

  • २०८३ जेठ २५ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रदेशहरुलाई पूर्ण स्वायत घोषणा गर्नुपर्ने लगाएतका माग राख्दै जनमत पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । यसअघि भएको ८ बुँदे सम्झौता अनुसार प्रदेशहरुलाई पूर्ण स्वायत्त घोषणा गनुपर्ने, कर्मचारी

पूरा पढ्नुहोस्

Bureau Menus