न्यूज ब्यूरो, पटना । भारतको बिहार राज्यको राजधानी पटना स्थित एक कोचिङ सेन्टरमा भएको गोली चलाइएको घटनासँग सम्बन्धित विषयमा चर्चित शिक्षक फैसल (खान सर) विरुद्ध प्रहरीमा एफआईआर दर्ता भएको छ। उनलाई पक्राउ गर्ने तयारी समेत गरिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार पटना प्रहरीको कदमकुआँ थाना क्षेत्रमा रहेको खान सरको कोचिङ संस्थानसँग जोडिएको गोलीकाण्ड घटनामा अनुसन्धान अगाडि बढाउँदै प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
भारतीय सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार घटनामा संलग्न रहेको आरोपमा दुई जना सुरक्षागार्डलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। प्रहरी कागजातमा भीडमाथि गोली चलाउन निर्देशन दिएको आरोपसमेत उल्लेख गरिएको बताइएको छ। यद्यपि, उक्त आरोपबारे अन्तिम सत्यता अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ।
खान सरले भने सुरक्षागार्डले आत्मरक्षाका लागि गोली चलाएको हुन सक्ने प्रतिक्रिया दिएका भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। उनले घटनापछि आफूविरुद्ध षड्यन्त्र भएको आशंका समेत व्यक्त गरेका छन्।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ भने खान सरसँग पनि सोधपुछ गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रातीदेखि नै उनलाई पक्राउ गर्ने तयारी गरिएको हो । उनीमाथि विद्यार्थीहरुलाई क्लासमै उक्साएको आरोप पनि छ ।
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८३ जेठ २३ शनिबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्





