जनता नमुना मावि गिद्धाका प्रअ पवन मण्डलको शैक्षिक प्रमाणपत्रबारे छानबिन माग गर्दै शिक्षा मन्त्रालयमा उजुरी
उजुरीकर्ता चौधरीका अनुसार भने उजुरी दर्ता गत जेठ १३ गते मात्र भएको भन्दै यति चाँडै छानबिन गरी सफाई दिनु प्रअ मण्डलले झूठ र कपोकल्पित प्रतिक्रिया दिएको हुन सक्ने बताए । उनले एक साताभित्रै विदामा छानबिन गरी सफाई दिएको प्रमाण दिई जनमानसमा पारदर्शिता पेश गर्न माग गरे ।

२०८३ जेठ २१ बिहीबार, बेलुकी ७:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–६ स्थित जनता नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक पवन कुमार मण्डलको शैक्षिक प्रमाणपत्रको वैधतामाथि प्रश्न उठाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (हाल शिक्षा तथा खेलकूद) मा उजुरी दर्ता गरिएको छ।
स्थानीय चिरञ्जीवी चौधरीले दिएको उजुरीमा सम्बन्धित शिक्षकले पेश गरेका शैक्षिक तथा पेशागत प्रमाणपत्रको सत्यता छानबिन गर्न माग गरिएको छ। निवेदनमा प्रमाणपत्रको वैधानिकता परीक्षण गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको उल्लेख छ।
न्यूज ब्यूरोसँगको कुराकानीमा चौधरीले प्रधानाध्यापक मण्डलको इन्टरमेडिएटको सर्टिफिकेट भारत बिहारबाट ल्याएको र नक्कली भएको आशंकामा छानबिनको माग गरेको बताए । बिहारबाट किनेर ल्याएको सर्टिफिकेटबाट सरकारी शिक्षकको नोकरी पाएको उनको आरोप छ ।
.jpeg)
यस विषयमा शिक्षा विकास तथा समन्वय इकाइबाट हालसम्म कुनै आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन। यस सन्दर्भमा आरोपित प्रअ मण्डलले भने आफू अख्तियार र शिक्षा मन्त्रालयबाट सफाई पाईसकेको प्रतिक्रिया दिए । न्यूज ब्यूरोसँगको कुराकानीमा उनले आफू यस सन्दर्भमा सफाई पाएको बताए ।

उजुरीकर्ता चौधरीका अनुसार भने उजुरी दर्ता गत जेठ १३ गते मात्र भएको भन्दै यति चाँडै छानबिन गरी सफाई दिनु प्रअ मण्डलले झूठ र कपोकल्पित प्रतिक्रिया दिएको हुन सक्ने आरोप लगाए । उनले एक साताभित्रै विदामा छानबिन गरी सफाई दिएको प्रमाण दिई जनमानसमा पारदर्शिता पेश गर्न माग गरे ।
उजुरीमाथि सम्बन्धित निकायले आवश्यक अध्ययन तथा अनुसन्धान गर्ने अपेक्षा गरिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…