पत्रकारले सकरात्मक कार्यको समाचार पनि लेख्नुपर्छः प्रदेश प्रमुख कायस्थ
ब्रम्हानन्द ठाकुर | जनकपुरधाम २१ साउन । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारहरुले नकारात्मक मात्र नभई सकारात्मक कार्यहरुको समाचार पनि सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं. २ को सहयोग तथा मधेशी पत्रकार समाज धनुषाको आयोजनामा जनकपुरधाममा मधेशका पत्रकारहरुको क्षमत

२०७५ साउन २१ सोमबार, बेलुकी ७:३८ बजे१ मिनेट पढाइ

ब्रम्हानन्द ठाकुर |
जनकपुरधाम २१ साउन । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारहरुले नकारात्मक मात्र नभई सकारात्मक कार्यहरुको समाचार पनि सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश नं. २ को सहयोग तथा मधेशी पत्रकार समाज धनुषाको आयोजनामा जनकपुरधाममा मधेशका पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि तिन दिने सँसदीय रिपोर्टिङ्ग पत्रकारिता तालिमको उद्धघाटन गर्दै पत्रकारहरुले विकासका सकारात्मक समाचारहरु पनि सम्प्रेषण गर्न सके विकास कार्यका लागि थप मनोवल बढ्ने उहाँले धारणा राख्नुभएको छ । दिनहुँ सम्प्रेषण हुँदै आईरहेको अपराध तथा दुर्घटनाका समाचारहरुका साथै देश विकासमा टेवा पुरयाउन सकारात्मक समाचारहरु पनि सम्प्रेषण गर्नउहाँले पत्रकारहरुलाई सुझाव दिनुभएको छ ।
साथै उहाँले प्रदेश सरकार तथा स्थानिय सरकारहरुबाट हुने गरेको त्रुटिहरुलाई औल्याँई सकारात्मक बाटो तर्फ डोरयाउन पनि पत्रकारहरुले अहम भुमिका खेल्न आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले समाजका लागि जोखिम मोलेर अहोरात्र खट्ने पत्रकारहरुको कार्यको प्रशँसा गर्दै आगामी दिनहरुमा थप खोज पत्रकारिता गर्नु आवश्यक रहेको समेत बताउनुभएको छ ।
सो तालिमको उद्धघाटन सत्रमा प्रदेश साँसद राम अशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साह, नेपाल पत्रकार महासँघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्र, पत्रकार हिमाँशु चौधरी, शैलेन्द्र झा, बिरेन्द्र रमण सहितको उपस्थिती रहेको थियो ।
तालिममा २० जना पत्रकारहरुको सहभागिता रहने समाजले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…