धनुषाको सबैलामा गाउँब्लक क्षेत्रका २७५ जग्गाधनीलाई लालपुर्जा वितरण
नापी कार्यालयका अनुसार गाउँब्लक अन्तर्गतका २७५ जना जग्गाधनीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो। वर्षौंदेखि लालपुर्जाको प्रतीक्षामा रहेका स्थानीयवासीले प्रमाणपुर्जा प्राप्त गरेपछि खुसी व्यक्त गरेका छन्।

२०८३ जेठ १९ मंगलबार, बिहान ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । सबैला नगरपालिका–६ अन्तर्गत साविक मटही–गोविन्दपुर गाउँब्लक क्षेत्रका २७५ जना जग्गाधनीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ।
आइतबार वडा कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच नापी कार्यालय धनुषाले गाउँब्लक क्षेत्रभित्र पर्ने जग्गाधनीहरूलाई लालपुर्जा वितरण गरेको हो। कार्यक्रम नापी कार्यालय धनुषाका नापी अधिकृत निरन्जन यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा अधिवक्ता राजकिशोर यादव तथा विशेष अतिथिका रूपमा वडा अध्यक्ष श्रीपुजन यादवको उपस्थिति रहेको थियो। वडा अध्यक्ष यादवको समन्वयमा आयोजित कार्यक्रममा नापी कार्यालयका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नापी कार्यालयका अनुसार गाउँब्लक अन्तर्गतका २७५ जना जग्गाधनीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो। वर्षौंदेखि लालपुर्जाको प्रतीक्षामा रहेका स्थानीयवासीले प्रमाणपुर्जा प्राप्त गरेपछि खुसी व्यक्त गरेका छन्।
कार्यक्रममा वालेश्वर साह, अमित कुमार मण्डल, रामदुलार साह, रामशंकर यादव, मुकुन्दराज झा, सजित पूर्वे, चन्द्रदीप कुमार भादव, प्रदीप कुमार पण्डित, सीताशरण यादव, रमेश यादव, बैजू यादव, राजकुमार चटक, प्रदीप यादव, रामयन्द्र यादव, रामलखन यादवलगायत स्थानीय अगुवा तथा जग्गाधनीहरूको उपस्थिति रहेको थियो।
स्थानीय तह, नापी कार्यालय र सरोकारवाला निकायबीचको समन्वयका कारण लामो समयदेखि समाधान हुन नसकेको गाउँब्लक क्षेत्रको जग्गा व्यवस्थापन प्रक्रिया अघि बढेको भन्दै सहभागीहरूले खुसी व्यक्त गरेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…