रास्वपाको मिथिलाबिहारी नगर समिति गठन, अनिल कुमार साह सभापतिमा चयन
रास्वपाका संगठन विभाग सदस्य सुरेन्द्र प्रसाद साहले मिथिलाबिहारी नगर समितिको गठनसँगै पार्टीको संगठनात्मक गतिविधि थप प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले नवगठित समितिलाई सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन्।

२०८३ जेठ १८ सोमबार, राति ८:१२ बजे१ मिनेट पढाइ

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषाको मिथिलाबिहारी नगरपालिकामा नगर समिति गठन गरेको छ।
समिति गठनबाट अनिल कुमार साह सभापतिमा चयन भएका छन्। त्यस्तै मुकेश यादव उपसभापति तथा श्याम कुमार साह सचिवमा चयन भएका छन्। अन्य पदाधिकारी तथा सदस्यहरूको चयन पनि नगर भेलामार्फत गरिएको बताइएको छ।
नगर समिति गठनका लागि आयोजित अधिवेशन तथा निर्वाचन प्रक्रियाको संयोजन सनातन यादव ले गरेका थिए। निर्वाचन प्रक्रिया सहमतिपूर्ण र व्यवस्थित ढंगले सम्पन्न भएको जनाइएको छ।
रास्वपाले स्थानीय तहमा संगठन विस्तार तथा जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नगर समिति गठन अभियानलाई तीव्रता दिएको जनाएको छ।
रास्वपाका संगठन विभाग सदस्य सुरेन्द्र प्रसाद साहले मिथिलाबिहारी नगर समितिको गठनसँगै पार्टीको संगठनात्मक गतिविधि थप प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले नवगठित समितिलाई सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन्।
अन्य ठाउँमा झडप, विवाद भएपनि मिथिलाबहारी नगरपालिकामा सौहार्द वातावरणमा सम्पन्न भएको बताएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…