धनुषाका एक विद्यालयको विद्यार्थीहरुले उठाए अंग्रेजी शिक्षकको पढाउने शैलीमाथि प्रश्न
यद्यपि यस विषयमा सम्बन्धित शिक्षक तथा विद्यालय प्रशासनको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी रहेको छ। विद्यार्थीहरूको गुनासोलाई निष्पक्ष रूपमा अध्ययन गरी आवश्यक कदम चाल्न सरोकारवाला सँग विद्यार्थीहरु माग गरेका छन्।

२०८३ जेठ १६ शनिबार, बेलुकी ५:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका श्री बैदनाथ देव नारायण जनता नमुना माध्यमिक विद्यालयमा अंग्रेजी विषयका शिक्षक पढाइप्रति विद्यार्थीहरु असन्तुष्टी जनाएका छन्।
माध्यमिक विद्यालय तुलसियाही,कार्यरत शिक्षक राम प्रबोध यादवको अध्यापन शैलीप्रति विद्यार्थीहरूले गम्भीर गुनासो व्यक्त गरेका छन्। विद्यालयमा माध्यमिक तहसम्म अंग्रेजी विषय अध्यापन गराउँदै आएका उहाँबाट अपेक्षाअनुसारको शिक्षण नभएको भन्दै विद्यार्थीहरू गुनासो गरेका छन्।
विद्यार्थीहरूको भनाई अनुसार कक्षाकोठामा पढाइ स्पष्ट र प्रभावकारी रूपमा नहुँदा अंग्रेजी विषय बुझ्न कठिन भइरहेको छ। कतिपय विद्यार्थीले पाठ राम्रोसँग व्याख्या नहुने, अभ्यास कम गराइने तथा प्रश्न सोध्दा पनि स्पष्ट उत्तर नपाइने गुनासो गरेका छन्। यसले गर्दा परीक्षाको तयारीमा समेत समस्या भइरहेको उनीहरूको भनाइ छ।
अभिभावकहरूले पनि विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षकको अध्यापन क्षमता र जिम्मेवारीप्रति विद्यालय प्रशासनले ध्यान दिनुपर्ने बताएका छन्।
विशेषगरी अंग्रेजी जस्तो महत्वपूर्ण विषयमा विद्यार्थीको आधार कमजोर बन्दै गएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
यद्यपि यस विषयमा सम्बन्धित शिक्षक तथा विद्यालय प्रशासनको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी रहेको छ। विद्यार्थीहरूको गुनासोलाई निष्पक्ष रूपमा अध्ययन गरी आवश्यक कदम चाल्न सरोकारवाला सँग विद्यार्थीहरु माग गरेका छन्।
स्थानीय तहमा नमुना विद्यालयको रूपमा परिचित विद्यालयमा यस प्रकारको गुनासो आउनु दुःखद पक्ष भएको स्थानीयहरूको प्रतिक्रिया छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…