मठ मन्दिरमा आगो लगाउने जस्ता अराजक अभिव्यक्ति दिएका जनक पक्राउ
उनले दलित समुदायलाई लामो समयदेखि विभेदपूर्ण र नारकीय जीवन बाँच्न बाध्य बनाइएको दाबी गरेका थिए । गाउँघरमा अझै पनि दलित समुदायको अवस्था दयनीय रहेको उनको भनाइ विभिन्न युट्युब च्यानलमार्फत प्रसारित भएको थियो । प्रहरीका अनुसार परियार टोखा नगरपालिका–८ बानियाँटार क्षेत्रमा बस्दै आएका थिए ।

२०८३ जेठ १५ शुक्रबार, दिउँसो १:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मठ–मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएका आरोपमा प्रहरीले जनक परियारलाई पक्राउ गरेको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका २७ वर्षीय परियारलाई काठमाडौँको टोखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए । उनका अनुसार परियारलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
परियारले अनामनगरस्थित संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै ‘मठ–मन्दिरमा आगो लगाइदिन्छौँ’ भन्दै अभिव्यक्ति दिएका थिए । समान अधिकार सुनिश्चित नभए देशव्यापी विद्रोह गर्ने चेतावनीसमेत उनले दिएका थिए ।
उनले दलित समुदायलाई लामो समयदेखि विभेदपूर्ण र नारकीय जीवन बाँच्न बाध्य बनाइएको दाबी गरेका थिए । गाउँघरमा अझै पनि दलित समुदायको अवस्था दयनीय रहेको उनको भनाइ विभिन्न युट्युब च्यानलमार्फत प्रसारित भएको थियो ।
प्रहरीका अनुसार परियार टोखा नगरपालिका–८ बानियाँटार क्षेत्रमा बस्दै आएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…