जनकपुरको बुढानिलकण्ड एकेडमी स्कूलको छत्तबाट खसेर एक बालिका गम्भिर घाईते
परिवारका अनुसार उनी सोही विद्यालयमा अध्ययनरत छात्रा हुन् । छतबाट खसेपछि गम्भीर घाइते भएकी यादवको जनकपुरधामस्थित जानकी हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ ।

२०८३ जेठ १५ शुक्रबार, दिउँसो १२:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित रहेको एक नीजि विद्यालयको भवनको छतबाट खसेर एक बालिका गम्भिर घाईते भएकी छन् ।
बिहीबार साँझ करिब ५ बजे जनकपुरधाम उपमहानगरपालिका–स्थित संकटमोचन मन्दिर नजिक रहेको माँ बुढानिलकण्ठ एकेडमी स्कुलको होस्टेलको छतबाट खस्दा शहिदनगर नगरपालिका–८, नाथपट्टीकी ६ वर्षीया जोया कुमारी यादव घाइते भएकी हुन् ।
परिवारका अनुसार उनी सोही विद्यालयमा अध्ययनरत छात्रा हुन् । छतबाट खसेपछि गम्भीर घाइते भएकी यादवको जनकपुरधामस्थित जानकी हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषा तथा जानकी प्रहरी चौकीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…