बर्दिवासमा बस र मोटरसाईकल ठोक्किदा १ जना ठहरै !
बाबु प्रेम यदुवन्शी | महोत्तरी, २१ साउन । महोत्तरीको बर्दिवास–महेन्द्र राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिका १ स्थित आइतबार बेलुकी यात्रुबाहक बससँग ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जनकपुरबाट सर्लाही जाँदै गरेको ग १ ख ४०१८ नम्बरको यात्रुबाहक बस र जनकपुरबाट सर्लाही

२०७५ साउन २१ सोमबार, बिहान ८:१३ बजे१ मिनेट पढाइ

बाबु प्रेम यदुवन्शी |
महोत्तरी, २१ साउन । महोत्तरीको बर्दिवास–महेन्द्र राजमार्ग अन्तर्गत बर्दिवास नगरपालिका १ स्थित आइतबार बेलुकी यात्रुबाहक बससँग ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जनकपुरबाट सर्लाही जाँदै गरेको ग १ ख ४०१८ नम्बरको यात्रुबाहक बस र जनकपुरबाट सर्लाहीतर्फ जादै गरेको बा ९ प ३९७५ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा मोटरसाईकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बर्दिवास नगरपालिका–४ बर्दिवास निवासी ४७ वर्षीय गणेश बिक रहेका छन् । बिकको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक राजुु प्रसाद कुर्मीले जानकारी दिए ।
सर्लाहीतर्फ जाँदै गरेको बस बर्दिवास नगरपालिका १ गैतम होटेल अगाडि महेन्द्र राजमार्गमा ओभरटेक गरेर आएको क्रममा मोटरसाइकल ठोकिन पुगेपछि र्दुघटना भएको प्रहरी निरीक्षक कुर्मीले बताए ।
बस चालक फरार रहेको छ भने इलाका प्रहरी कार्यालय बर्दिवासले बसलाई नियन्त्रणमा राखेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…