मधेश प्रदेश लोकसेवा आयोगको सदस्यमा धनुषाकी बिमला यादव नियुक्त
मधेशका प्रदेश प्रमुख सुरेन्द्र लाल कर्णले यादवलाई आयोगको सदस्य पदमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता विष्णु देव साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मधेश प्रदेश लोक सेवा आयोगमा यसअघि अध्यक्ष पदमा डा. शिवराम यादव नियुक्त भएका थिए ।

२०८३ जेठ ११ सोमबार, राति ९:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश लोक सेवा आयोगमा नयाँ सदस्य नियुक्त गरिएको छ ।
प्रदेश प्रमुख कार्यालय जनकपुरधामले आइतबार विज्ञप्ति जारी गर्दै प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (२) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा धनुषाको सबैला नगरपालिका–६ निवासी विमला यादवलाई प्रदेश लोक सेवा आयोग, मधेश प्रदेशको सदस्य पदमा नियुक्त गरिएको जनाएको हो ।
मधेशका प्रदेश प्रमुख सुरेन्द्र लाल कर्णले यादवलाई आयोगको सदस्य पदमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता विष्णु देव साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मधेश प्रदेश लोक सेवा आयोगमा यसअघि अध्यक्ष पदमा डा. शिवराम यादव नियुक्त भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…