धनुषा धनौजी गाउँपालिकाका हाकिम राजकुमार दास सम्पर्कविहिन भएको आरोप
यता, अधिकृत दासले आफू विरामी भएर काठमान्डौँ उपचारमा गएको बेला कुप्रचार गरिएको बताएका छन् । उनले आफू अस्वस्थ्य भएर बीच बीचमा उपचारको लागि गएको र बीच बीचमा कार्यालय आउने गरेको दाबी गरे ।

२०८३ जेठ ११ सोमबार, बेलुकी ७:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास सम्पर्कविहिन भएको आरोप स्थानीयहरुले लगाएका छन् ।
करिब एक महिनादेखि नै अधिकृत दास कार्यालय नआएको गुनासो सेवाग्राहीहरुले पोखेका छन् । उनी महिनादेखि कार्यालय नआउँदा प्रशासननिक कामकाजमा समस्या उत्पन्न भएको स्थानीय दरबेश मण्डलले बताए । उनका अनुसार, अधिकृत दास करिब एक महिनादेखि बेपत्ता भएका हुन् ।
आर्थिक बर्ष २०८२/०८३ को बजेट, कामकाज प्रभावित गरी सम्पर्कविहिन भएको आरोप स्थानीयहरुको छ । यतिदिनसम्म कार्यालय प्रमुख नहुँदा सेवाग्राही मारमा परेको बताईएको छ ।
चालु आर्थिक बर्ष समाप्त हुन मात्र डेढ महिना बाँकी रहँदा अधिकृत दास सम्पर्कविहिन भएपछि विकास निर्माणका कामकाजहरु समेत प्रभावित भएको बताईएको छ ।
यता, अधिकृत दासले आफू विरामी भएर काठमान्डौँ उपचारमा गएको बेला कुप्रचार गरिएको बताएका छन् । उनले आफू अस्वस्थ्य भएर बीच बीचमा उपचारको लागि गएको र बीच बीचमा कार्यालय आउने गरेको दाबी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…