बालेन सरकार वाचापत्र अनुसार काम गरिरहेको छः शिक्षामन्त्री पोखरेल
कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा. ओजस्वी शेरचनले विद्यालय सुधारका लागि नितिगत समस्या नै रहेकोले यसलाइ सुधार गर्दै अघि बढ्नुपर्नैमा जोड दिनुभयो । विद्यालयहरुमा नितिगत सुधारकालगि विज्ञहरुसंग छलफल गरी विधेयक ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । विशेषत शिक्षा क्षेत्रमा देखिएको विकृतिलाइ हटाउन र शिक्षा क्षेत्रलाइ नयाँ ढंगले अघि बढाउन आँफुले समितिमा छफल गर्ने सभापति शेरचनले बताउनुभयो ।

२०८३ जेठ १० आइतबार, बेलुकी ६:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । शिक्षामन्त्री सस्मीत पोखरेलले सरकार वाचापत्र अनु्सार अघि बढीरहेको बतउनुभएको छ ।
काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षामन्त्रीले सरकारको वाचापत्रअनुसार काम अघि बढिरहेको बताउनुभएको छ । कार्यक्रममा मन्त्रीले सरकार र पार्टीले चुनावी वाचाअनुसार पहिलो महिना, सय दिन र एक वर्षभित्र गर्ने काम क्रमशः पूरा गर्दै गएको उल्लेख गर्नुभयो । मन्त्रीले पोखरेलले देशभरका सामुदायिक विद्यालयमा पहुँचका आधारमा स्रोतसाधन वितरण हुने प्रवृत्ति रहेको उल्लेख गर्दै यसलाई वैज्ञानिक र व्यवस्थित बनाउन सरकारले देशभरका २७ हजार विद्यालयको अध्ययन सुरु गर्ने जानकारी दिनुभयो ।
विद्यालयको भौतिक अवस्था, कक्षाकोठा, फर्निचर, खेलमैदान, शौचालयलगायत सम्पूर्ण विवरण संकलन गरी मास्टर प्लान तयार पारिने उहाँको भनाइ छ । उहाँले विश्वविद्यालय क्षेत्रमा बढ्दो राजनीतिकरण अन्त्य गरी प्राज्ञिक प्रणाली विकास गर्न खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । आठ वटा विश्वविद्यालयमा खुला आवेदन माग्दा २ सय १८ जनाको आवेदन परेको भन्दै यसले सरकारको निष्पक्षताप्रति विश्वास बढेको दाबी गर्नुभयो ।
कार्यक्रममा मन्त्रीले निजी विद्यालयको शुल्क, दरबन्दी मिलान, सुकुम्बासी बस्तीका विद्यार्थीको शिक्षा, स्थानीय पाठ्यक्रम, सार्वजनिक यातायात, विदेशी विश्वविद्यालयका कलेज नियमनलगायत विषयमा उठेका गुनासाहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा. ओजस्वी शेरचनले विद्यालय सुधारका लागि नितिगत समस्या नै रहेकोले यसलाइ सुधार गर्दै अघि बढ्नुपर्नैमा जोड दिनुभयो । विद्यालयहरुमा नितिगत सुधारकालगि विज्ञहरुसंग छलफल गरी विधेयक ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । विशेषत शिक्षा क्षेत्रमा देखिएको विकृतिलाइ हटाउन र शिक्षा क्षेत्रलाइ नयाँ ढंगले अघि बढाउन आँफुले समितिमा छफल गर्ने सभापति शेरचनले बताउनुभयो ।
कार्यक्रममा स्थानीयवासी, शिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले शिक्षा, खेलकुद र स्थानीय विकाससँग सम्बन्धित प्रश्न तथा सुझाव राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…