कर्जन्हामा मोटरसाइकल दुर्घटना, बच्चाको नाक फाट्यो, आमाको टाउको फुट्यो
न्यूज ब्यूरो | सिरहा, २० साउन । सिरहामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा दुईजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत् सिरहाको कर्जन्हा नगरपालिका–१० मनहर्बास्थित आइतबार अपरान्ह साढे ४ बजे दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा एक महिलासहित एक बालक घाइते भएका हुन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गर

२०७५ साउन २० आइतबार, बेलुकी ७:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
सिरहा, २० साउन । सिरहामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा दुईजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत् सिरहाको कर्जन्हा नगरपालिका–१० मनहर्बास्थित आइतबार अपरान्ह साढे ४ बजे दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा एक महिलासहित एक बालक घाइते भएका हुन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज ६ प ५८०३ र विपरीत दिशाबाट आउदै गरेको स ९ प ८०९५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदा दुर्घटना भएको हो ।

घाइते हुनेमा ज ६ प ५८०३ नम्बरको मोटरसाइकलमा सबार धनुषाको सहिदनगर नगरपालिका–२ की ३०
वर्षीया सुजिता यादव र उनका २ वर्षीय छोरा विभाष यादव रहेका छन् । सो मोटरसाइकल सुजिताकी देवर सहिदनगर–२ बस्ने ३० वर्षीय श्रवण यादव चलाइरहेका थिए ।
ठक्करबाट बालकको नाक फाटेको छ भने आमा सुजिताको टाउको फुटेको छ । घाइते दुबैको मिर्चैयास्थित मंगलम हस्पिटलमा उपचार भइरहेको छ ।
यता, दुबै मोटरसाइकल ईलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको ईप्रका मिर्चैयाका डिएसपी दिपेन्द्र शाहले जानकारी दिनुभयो । स ९ प ८०९५ नम्बरको मोटरसाइकलका चालक फरार रहेको डिएसपी शाहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…