महोत्तरीको जलेश्वर र बर्दिवास सडकममा ट्राफिक नियमन फितलो
बाबु प्रेम यदुवन्शी | महोत्तरी, २०साउन । महोत्तरीको जलेश्वर बर्दिवास सडकममा बस तथा हलुका सवारी साधनको छतमै वसेर यात्रीहरु जोखिमपुर्ण यात्रा गर्ने गरेपनि नियमन गर्ने निकाय सुस्त देखिएको छ । सडकमा रहेको खाल्डा खुल्डी तथा दुरावस्थाले दुई पांग्रे सवारी साधन चलाउन समेत सकस हुने सडकमा निर्वाधरुपमा छतमै सव

२०७५ साउन २० आइतबार, बिहान ८:१० बजे३ मिनेट पढाइ
बाबु प्रेम यदुवन्शी |
महोत्तरी, २०साउन । महोत्तरीको जलेश्वर बर्दिवास सडकममा बस तथा हलुका सवारी साधनको छतमै वसेर यात्रीहरु जोखिमपुर्ण यात्रा गर्ने गरेपनि नियमन गर्ने निकाय सुस्त देखिएको छ ।
सडकमा रहेको खाल्डा खुल्डी तथा दुरावस्थाले दुई पांग्रे सवारी साधन चलाउन समेत सकस हुने सडकमा निर्वाधरुपमा छतमै सवारी वसाएर सवारी साधन कुदाउदा समेत त्यसता सवारी साधनलाई कार्यवाही गर्न र छतमै वसेर यात्रा गर्नबाट रोक्न सरोकारवाला
निकाय असफल देखिएको छ ।
उक्त समस्या महोत्तरी कै सदरमुकाम देखी बर्दिवास ट्राफिकको पहुच भएको स्थानहरुमा छ ।
यता ट्राफिक नियमनको लागि संवेदनशिल मानिएको महोत्तरीका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु समेत निरिह देखिने गरिएका छन ।
सिमित साधन,स्रोत र जनशक्तीकै कारण पुर्ण रुपमा नियमको पाल्ना गराउन अपठ्यारो भईरहेको तथा अधिकांशले सोर्स लगाउने तथा आफु फलानोको मानिस भएको धम्काउने लगायको समस्याहरु समेत वेला वेला देखिने गरिएको छ ।
केहि महिना पुर्व नै मनरा सिस्वा नगरपालिकाको सरपल्लोमा एक मोटरसाईकल चालकको जरिवाना काट्न खोज्दा एक ट्राफिक प्रहरीलाई कुटपिट समेत गरिएको थियो ।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…