जसपा नेपाल र लोसपा नेपाल फेरी एउटै छातामुनी, यादव र ठाकुरको एकता
जसपा नेपालका नेता शैलेन्द्र साहका अनुसार आयोगले मागेअनुसार सबै प्रक्रिया पूरा गरी आवश्यक कागजात बुझाएपछि पार्टीले आधिकारिक मान्यता प्राप्त गरेको हो । आयोगले एकताको जानकारी संघीय संसद् सचिवालय र प्रदेश सभा सचिवालयहरूलाई समेत पठाइसकेको उनले बताए ।

२०८३ बैशाख ३१ बिहीबार, बिहान ८:२१ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश केन्द्रित राजनीतिमा पटक–पटकको एकता र विभाजनको इतिहास बोकेका दुई प्रमुख दल अन्ततः फेरि एउटै छातामुनि आएका छन् ।
कुनै समय एकअर्काका राजनीतिक प्रतिस्पर्धी मानिएका जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेता महन्थ ठाकुरबीचको राजनीतिक सहकार्यले यसपटक औपचारिक रूप पाएको हो ।
लामो समयदेखि विभिन्न चरणमा टुटफुट र पुनर्गठनको अनुभवबाट गुज्रिएका मधेशवादी दलहरूबीच प्रतिनिधिसभा निर्वाचनअघि भएको एकता अन्ततः वैशाखको अन्तिम साता संस्थागत भएको छ । काठमाडौंस्थित निर्वाचन आयोगले बुधबार जसपा नेपाल र लोसपा नेपालबीच भएको पार्टी एकतालाई औपचारिक मान्यता दिएको हो ।
दुवै दलले गत पुस २७ गते संयुक्त रूपमा एकता घोषणा गरेका थिए । त्यसपछि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनीहरू संयुक्त रूपमा सहभागी भएका थिए । तर एकतासम्बन्धी कागजात बुझाउने क्रममा केही नेताको नाम दुवै दलमा देखिएको भन्दै निर्वाचन आयोगले थप स्पष्टीकरण र कागजात माग गरेको थियो ।
जसपा नेपालका नेता शैलेन्द्र साहका अनुसार आयोगले मागेअनुसार सबै प्रक्रिया पूरा गरी आवश्यक कागजात बुझाएपछि पार्टीले आधिकारिक मान्यता प्राप्त गरेको हो । आयोगले एकताको जानकारी संघीय संसद् सचिवालय र प्रदेश सभा सचिवालयहरूलाई समेत पठाइसकेको उनले बताए ।
यसअघि सुरु गरिएको एकता प्रक्रियामा जनता प्रगतिशिल पार्टी र तमलोपा पनि सहभागी भएका थिए । तर अन्तिम चरणमा ती दुई दल भने एकतामा समावेश हुन सकेनन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…