मोनाष्टिकका ३० टिचरलाई बच्चा पढाउने मनोरञ्जनात्मक तालिम
न्यूज ब्यूरो जनकपुरधाम, १९ साउन । प्रदेश नं. २ कै नीजि विद्यालयहरुमा ख्यातीप्राप्त रहेको जनकपुरको मोनाष्टिक स्कूलमा मनोरञ्जनात्मक तालिम दिइएको छ । मोनाष्टिक स्कूलका प्रि नर्सरी तर्फ पढाउने ३० जना शिक्षक शिक्षिका लाई बच्चालाई रमणीय र मनोरञ्नात्मक तरिकाले पढाउने तथा प्रोत्साहन गर्ने तौर तरिकाबारे दुई

२०७५ साउन १९ शनिबार, बिहान ९:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो
जनकपुरधाम, १९ साउन । प्रदेश नं. २ कै नीजि विद्यालयहरुमा ख्यातीप्राप्त रहेको जनकपुरको मोनाष्टिक स्कूलमा मनोरञ्जनात्मक तालिम दिइएको छ ।
मोनाष्टिक स्कूलका प्रि नर्सरी तर्फ पढाउने ३० जना शिक्षक शिक्षिका लाई बच्चालाई रमणीय र मनोरञ्नात्मक तरिकाले पढाउने तथा प्रोत्साहन गर्ने तौर तरिकाबारे दुई दिने तालिम दिइएको हो ।
शिक्षक शिक्षिका र छात्रछात्राबीचको सम्बन्ध सुमधुर बनाउने उदेश्य सहित प्रिस्कूलका बच्चाहरुलाई पढाउने तरिका बारे काठमान्डौ युनिभर्सीटीका ३ ट्रेनर्सले मात्र मोनाष्टिक स्कूलका ३० टिचरलाई ट्ेरनिँग दिएका हुन् ।
प्रिस्कूलका बच्चाहरुलाई बौद्धिक, शारिरिक विकासको लागि मोनाष्टिक स्कूलले टिचरलाई थप दक्ष बनाउने उदेश्यले यस्तो तालिमको आयोजना गरेको मोनाष्टिकका प्रबन्धक निर्देशक डा. सोनु कुमार साहले जानकारी दिए ।
साहका अनुसार, यस तालिम पश्चात् शिक्षक शिक्षिकाहरुले बच्चालाई प्रोत्साहनको लागि अहम भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै प्रदेश नं. २ मै पहिलो तालिमको आयोजना गरिएको दाबी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…